बेल्जियमको राजधानी ब्रसेल्समा गरिन लागियको ‘भगवान बुद्ध’ सम्बन्धि सम्मेलन स्थगित गरियको छ | आज लुम्बिनी कपिलवस्तु दिवस अभियान र लुम्बिनी विकाश कोषले संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै अर्को सूचना जारि नहुन्जेलसम्मको लागि स्थगित गरियको बतायका छन |युरोपियन युनियनको राजधानी ब्रसेल्समा मङ्सिर १४ र १५ गते दिन सम्मेलन हुन् गैरहेको थियो |यसअघि २५५९ औँ बुद्ध जयन्तीको अवसरमा गत मे महिनाको ४ र ५ मा गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण स्थगित गरिएको थियो ।
ब्रसेल्समा गत सनिबार देखि आतंकवाद को उच्च जोखिम भन्दै विशेस सतर्कता अपनाईयको छ | जसका कारण ४ दिन सम्म यातायात तथा सबै कार्यलय पूर्ण रुपमा बन्द रहे |बेल्जियमका प्रधानमन्त्रि चार्ल्स मिसेलले आगामी सोमबार सम्म अवस्था जोखिम रहेको घोषणा संगै कार्यक्रम स्थगित गरियको आयोजकले बतायका छन |
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रचार प्रसार र प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले बेल्जियममा हुन गईरहेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुर्यायको थियो |
अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्नु र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने लक्ष्यअनुरुप लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सम्मेलन गर्न लागेको थियो ।
अभियानले अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर ३ नोभेम्बरका दिन युरोपियन इन्स्टिच्युट फर एसिएन स्टडिजको सभाकक्षमा एक सेमिनार सम्पन्न गरिसकेको थियो भने करिव ५० हजार युरो अर्थात् अहिलेको विनियम दर अनुसार ५७ लाख रुपिया लाग्ने अनुमानित खर्चको जोहो गरिरहेको आयोजकले बतायका छन | सो मध्य केहि रकम नेपाल सरकार अर्थ मन्त्रालय ,संस्कृति तथा पर्यटन मन्त्रालय र केहि प्रायोजक तथा सहभागी हरुबाट जम्मा गरियको आयोजकले जानकारी दियका छन |
अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा रहेको नौ सदस्यीय मूल आयोजक समितिलाई विस्तार गरी २३ सदस्यीय बनाइएको थियो |आयोजकले दियको जानकारी अनुसार सो समितिमा बेल्जियम र युरोपका अन्य देशमा रहेर स्थानीय तथा अन्तर्राष्ट्रियस्तरका सामाजिक कार्यमा संलग्न रहेका व्यक्तिहरु समितिमा रहेका छन |
विस्तारित मूल आयोजक समितिमा सहप्राध्यापक डा बालगोपाल श्रेष्ठ नेदरल्यान्ड, हरिप्रसाद पौडेल नेदरल्यान्ड, हरिहर अर्याल फ्रान्स, हेमन्त उपाध्याय फ्रान्स, डा यज्ञ अधिकारी जर्मनी, डा महेश्वर रुपाखेती जर्मनी, ढकराम भण्डारी जर्मनी, विमलबाबु उपाध्याय लक्जेम्वर्ग, युवराज गुरुङ बेल्जियम, गङ्गाधर गौतम बेल्जियम, चित्र सुवेदी बेल्जियम, अर्जुन गुरुङ बेल्जियम, सन्तोष जोशी बेल्जियम र डा रवि पन्त बेलायत रहनुभएको छ ।
यसअघि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ अस्ट्रेलिया को संयोजकत्वमा रहेको नौ सदस्यीय मूल आयोजक समितिमा डा कृष्ण अर्याल नर्वे, प्रा डा कृष्ण पन्थी नर्वे, प्रा डा मिरोज शाक्य अमेरिका, डा हरिकुमार श्रेष्ठ नेपाल, डा मधुकृष्ण श्रेष्ठ रुस, ई शङ्कर गौतम स्विडेन, दामोदरप्रसाद आचार्य बेल्जियम र निलेश अधिकारी नेपाल रहनुभएको छ। सम्मेलनको सहआयोजनाका लागि ब्रुस्सेल्सस्थित युरोपियन आयोगको युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजले उक्त सम्मेलनमा सहभागीता अभिवृद्धि एवम् अन्य सहयोगको प्रयास गर्ने तथा सहकार्यको प्रतिबद्धता व्यक्त गरिसकेको छ |