नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड : केपी ओली पाँच वर्षकालागि प्रधानमन्त्री

नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड : केपी ओली पाँच वर्षकालागि प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको छ । दुई अध्यक्षत्मक प्रणालीबाट अंगाडी बढेको पार्टीमा यस अंगाडी अध्यक्षको कार्यकारी अधिकार सहित प्रधानमन्त्री पनि ओलीले सञ्चालन गर्दै आउनु भएको थियो ।
बुधबार मन्त्रिपरिषद पुनर्गठनको बिषयलाई लिएर बसेको बैठकले पार्टीको कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिएको हो भने यो संसद रहँदासम्म अर्थात पुरा पाँच वर्ष ओली प्रधानमन्त्री हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने सहमति भएको हो । दुबै अध्यक्षको वरियताक्रम भने यथावत राखिएको छ । अव हुने कार्यक्रममा दुबै जनाले अध्यक्ष्ता गर्ने र प्रचण्डले रुलिङ् गर्ने उहाँले बताउनु भयो ।
दुई अध्यक्ष बिच पार्टी एकिकरणकै समयमा ढाई ढाई बर्ष सरकार चलाउने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले पुरानो सहमती कार्यान्वयन नगरेका कारण यहि बिषयमा पार्टी भित्रका तिब्र अन्तरद्वन्दहरु बाहिर आएका थिए ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares