नवनियुक्त मन्त्रीहरुको शपथ आज

नवनियुक्त मन्त्रीहरुको शपथ आज

नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ आज गराईने भएको छ । आज बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा नवनियक्त मन्त्रीहरुलाई शपथ गराउने तय भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ ।
नेकपा सांसदहरू पूर्व एमालेबाट वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ तथा पूर्व एमाओवादीबाट लेखराज भट्ट र रामेश्वर राय यादवलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गर्नुभएको हो ।
स्रोतका अनुसार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
त्यस्तै ८ मन्त्रीलाई बर्खास्त गरिएको छ । वर्खास्त हुनेहरुमा पूर्व एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा छन् । पूर्वमाओवादीबाट मन्त्री बनेका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •