पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भण्डारीद्वारा सपथ

पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भण्डारीद्वारा सपथ

पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको थियो । जसअनुसार रामेश्वरराय यादवले श्रममन्त्री, पार्वत गुरुङले महिला बालबालिका तथा समाजकल्याण, लेखराज भट्ट उद्योग, हृदयश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात जिम्मेवारी सहित सपथ लिनु भएको हो ।
त्यस्तै मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्रीको सपथ लिनुभएको छ । राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराउनु भएको थियो ।
((((((((((((((((
मंसिर ६ देखि तेस्रो सञ्जिवनी कप नकआउट फूटवल प्रतियोगिता
सन्जिबनी युवा क्लबको आयोजनामा तेस्रो सन्जिवनी नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यहि मंसिर ६ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका १६ टिम सहभागी हुने क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयां नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुनेलाई ५० हजार नगद पुरस्कार सहित मेडल प्रदान गरिने उहाँले जानकारी गराउनु भयो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन र उत्पादन भएका खेलाडीलाई प्रोत्साहन गर्न जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक कमल परियारले बताउनु भयो ।
प्रतियोगिता सञ्चालन गर्नकालागि ७ लाख रुपैंयाँ खर्चानुमान गरिएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा नव सृजना युवा क्लव करौजीयाले जित हात पारेको थियो ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares