‘
बुटवल ६, मंसिर । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको बताउनु भएको छ ।

१० बर्षपहिलेदेखिको गोलमाल भएको हिसाब मिलान,कारबाहि,असुल उपर,बेरुजु फस्र्यौट,माफि लगायतका प्रकृयामा समिति क्रियाशिल भएर काम गरिरहेको उहाँले बताउनु भयो ।।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देश आर्थिक मन्दीको अवस्था रहेको जिकिर गर्नुभयो ।
‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन ग¥ल्र्याम—गु¥र्लुङ ढल्नसक्छ,राज्यको ढुकुटी सरकारले जथाभाबि पैसाबाढेर रित्तायो,मनपरि खर्च बढेको छ,सरकारले ट्याक्स बढाउने काम बाहेक अरु केहि गरेन ।’ उहाँले भन्नु भयो ।
सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उहाँले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताउनु भयो ।
अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाई दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन समेत दिएको समेत शाहले बताउनु भयो ।
‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं,आर्थिक चलखेलका लागि बिदेशी कम्पनीलाइ किन टेण्डर दिने,नेपालीले किन नपाउने ?’
समतिले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उहाँले ओपिसि सिमेन्टको गुणस्तरमा पनि समितिको ध्यान गएको बताउदै वाइडबढी,एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको बताउनु भयो ।
कांग्रेस नेता समेत रहेका शाहले सरकारले सीमा बिबादमा एक बिज्ञप्तीबाहेक अन्य ठोस पहल केहि नगरेकोमा आपत्ती जनाउदैे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकारले गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले प्रदेश ५ को राजधानी कांग्रेसले नै रुपन्दही तोकेको भन्दै अब अन्यत्र सार्न नहुने बताउनु भयो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केहिदिन पहिले दिएको बुटवल —भैरहवामा आर्थिक अपराध बढ्यो भन्ने अभिब्यक्तिमाथि उहाँले टिप्पणी गर्नूभयो ।
आफै मुख्यमन्त्री,अनि अपराध बढ्यो भन्दै हिड्न सुहाउछ ? कि त रोक्नुपर्यो ,होइन भने त पदमा बसिरहनुको औचित्य रहदैन ।’
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।