दण्डहिनता बिरुद्ध मानवअधिकारकर्मी र पत्रकारहरुको बुटवलमा प्रदर्शन

1.3K

दण्डहिनता बिरुद्ध मानवअधिकारकर्मी र पत्रकारहरुको बुटवलमा प्रदर्शन

दण्डहिनता विरुद्धको दिवसका अवसरमा आईतबार नेपाल पत्रकार महासंघ प्रदेश पाँच, जिल्ला शाखा रुपन्देही र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा जनचेतना ¥याली प्रदर्शन गरिएको छ ।
पत्रकार महासंघ रुपन्देहीको कार्यालयबाट सुरु भएको ¥याली जेसीस चोक पुगेर कोण सभा गरिएको थियो । कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले मुलुकमा लोकतन्त्रको स्थापनापछि पनि दण्डहिनता कायम रहनु दुर्भाग्य भएको बताउनु भयो । उहाँले विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पिडितहरुले अझै पनि न्याय नपाएको भनाई राख्नुभयो ।
नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसीले मानव अधिकार तथा शान्तिका बारेमा पत्रकारहरुले ससक्त कलम चलाउनु पर्ने भनाई राख्नुभयो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा मानवअधिकारर्कीहरुको सहभागिता रहेको थियो ।