सरकारको कुनै औचित्य छैन : काँग्रेस नेता भण्डारी

1.3K

सरकारको कुनै औचित्य छैन : काँग्रेस नेता भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सिमा सुरक्षा गर्न नसक्ने सरकारको कुनै औचित्य नभएको बताउनु भएको छ । देशको सिमा मिच्दा समेत बोल्न नसक्ने सरकारको कुनै औचित्य नभएको बताउनु भएको हो ।
नेपाली काँग्रेस रुपन्देही र सैनामैना नगर समितिको समन्वयमा नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले सोमबार रुपन्देहीको सैनामैनामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता भण्डारीले खोक्रो राष्ट्रवादको भ¥याँङ्बाट सरकारमा पुगेको कम्युनिष्टको राष्टवाद उदाङ्गीएको बताउनु भयो ।
उहाँले नेपाली भूमि लुपुलेक कालापानी, लिम्पियाधुरामा भारतले सीमा मिचेर भारतीय सेना राख्दा समेत एक शब्द बोल्न नसकेकाले ओली सरकारबाट केही कुराको पनि आशा गर्न नसकिने भनाई राख्नुभयो । ‘हाम्रो भूमि मिचिएको छ, सरकार एक शब्द बोल्न सक्दैन ।’ उहाँले भन्नुभयो–‘यस्तो सरकारबाट अरु के आशा गर्न सकिन्छ ?’
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले भारतीय भूमिमा पाएको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा नेपाली भूमिमा नसच्याउँदासम्म आन्दोलन जारी रहने बताउनु भयो ।
त्यस्तै पूर्व सांसद रामहरी खतीवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनु पर्ने बताउँदै सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दुःखद भएको बताउनु भयो ।
नेपाल मगर संघ रुपन्देहीका सभापति मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाही, नेपाली कांग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारी, रामवली चौधरी लगायतले सिमा रक्षाकालागि सरकारले पहल नगरेको भन्दै आक्रोस व्यक्त गर्नुभएको थियो । बिरोध सभा अंगाडी सैनामैनामा बिरोध प्रदर्शन समेत गरिएको थियो ।