गुल्मीका पत्रकार सुवेदी बिरुद्ध जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता

1.9K

गुल्मीका पत्रकार सुवेदी बिरुद्ध जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता

गुल्मीका पत्रकार शिवलाल सुवेदी बिरुद्ध जवरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मुद्धा दर्ता भएको छ । आफूमाथी जवरजस्ती करणी गरेको अभियोग सहित पिडित युवतीले पत्रकार सुवेदी बिरुद्ध मुद्धा दर्ता गरेकी हुन् ।
यहि मंसिर १ देखि ३ गतेसम्म लुम्बिनीमा आयोजना गरिएको लुम्बिनी न्यूज फेष्टिवलमा सहभागि हुन आएका सुवेदीले होटलको कोठामा आफूमाथि जवरजस्ती करणी गरेको प्रहरीलाई बताएकी छन् । पिडित युवतीले पत्रकार सुवेदी बिरुद्ध दिएको मुद्धा बुधबार दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले बताउनु भयो ।
पिडित युवतीका अनुसार उनी अर्की एक जना पत्रकारसंग लुम्बिनी पुगेकी थिईन् । उक्त कोठामा उनीहरुलाई पु¥याउनकालागि सुवेदी गाडी लिएर गएका थिए । केही खानेकुरा खाएपछि दुई बहिनीसंगै बस्ने भनेर लुम्बिनी पु¥याएकी साथी एकैछिनमा आउने भन्दै बाहिरिएकी थिईन । तर उनी आउन त परैको कुरा बाहिरबाट चुक्कुल लगाएर गएको पिडित युवतीले नजिककाहरुसंग बताएकी छन् ।
उनीहरुले मोवाईल अफ गरेको र संगै लगेकी साथी कोठामा नआएपछि होटलवालाले सोधपुछ गरेको थियो । पिडित युवतीले आफूमाथि करणी भएको अन्यपत्रकारहरुलाई भनेपछि घटनालाई सामसुम पार्ने प्रयास गरिएको थियो । यद्यपी पिडित युवतीले न्यायको अनुभूति नगरेपछि न्यायकालागि मुद्धा दर्ता गरेको बताएकी छन् ।
लुम्बिनी घुमाउन र पत्रकार बनाउने बहानामा आफूलाई लुम्बिनी पु¥याएर जवरजस्ती करणी भएको पिडित युवतीले बताएकी छन् । प्रहरीले उनीहरुको खोजी तथा अनुसन्धान सुरु गरेको बताएको छ । अहिले पत्रकार सुवेदी र लुम्बिनी पु¥याउने महिला संपर्क बिहिन भएको प्रहरीले जनाएको छ ।

तस्वीर गुगलबाट लिईएको हो ।