नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनीमा पौडेल

1.1K

नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनीमा पौडेल

नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनीको अधिवेशनले कमलराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘उद्योग व्यबसायको रक्षा गरौं, स्वरोजगारीको सिर्जना गरौं’ भन्ने नारासहित सम्पन्न पाँचौं अधिवेशनबाट उपाध्यक्ष पदमा विश्वमणी भूपाल, सचिवमा अमरकुमार बस्नेत, संगठन सचिवमा राजु भट्टराई, कोषाध्यक्षमा सुमन घिमिरे निर्वाचित हुनु भएको हो ।
त्यस्तै समितिको सदस्यमा लोकहरी चुदाली, राम भण्डारी, मुक्ती भट्टराई, सागर पराजुली, अर्जुन नेपाल, सुस्मिता गौतम, वावुराम बेलबासे, ओमप्रकाश पन्थी, राजु खनाल र सूर्य कुंवर सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुली, संस्थापक सल्लाहकार छविलाल शर्मा, युवराज खनाल, रामप्रसाद पन्थी लगायतले सदस्यहरुको पेशागत हकहित र काम गर्ने प्रतिष्ठानको प्रवद्र्धनकालागि संस्थाले काम गर्नुपर्ने बताउँदै निर्वाचित नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।