सरकारले ईन्धनमा मुल्यबृद्धि गरेको प्रति नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बिरोध गरेको छ । सोमबार राती १२ बजेदेखि लागु हुनेगरी सरकारले ईन्धनमा मुल्यबृद्धि गरेको थियो । त्यसको बिरोधमा उत्रेको नेबिसंघले बुधबार बिहान बुटवलमा एक घण्टा चक्का जाम गर्ने कार्यक्रम तय गरिएको नेबिसंघ नेता छायाँ पोखरेलले जानकारी दिनुभयो ।
सरकारले गरेको मुल्यबृद्धिको बिरुद्धमा प्रदर्शन गर्न लागिएको बिरोध प्रदर्शन सहितको चक्का जाममा सहभागि हुनकालागि नेबिसंघले आम बिद्यार्थीलाई आह्वान गरेको छ । नेबिसंघले बुटवलको मिलनचोकमा बिहान ९ देखि १० बजेसम्म चक्काजाम सहित बिरोध प्रदर्शनको तयारी गरेको हो ।