रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा बहुमुखी सहकारी संस्थाको बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा शनिबार कार्यालय परिषरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेशनल को–अपरेट्स एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले सहकारीका माध्यमबाट ग्रामिण महिलाहरुको आर्थिक स्थितीमा सुधार भएको बताउनु भयो । सहकारी सरकारले लिएको तीन खम्बे अर्थ नीतिको एउटा खम्बा पनि भएकाले मुलुकको अर्थतन्त्र सुधारकालागि समेत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
तिलोत्तमा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि तिवारी, कृष्ण चौहान, कृष्णबहादुर गौतम, गुरुप्रसाद देवकोटा, टेकबहादुर थापा, यादा थापा, पावती थापा, लोमकिशोर आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।