तिनाउ मिसन र नेपाल कम्युनिटी बैंक मर्जर, एकिकृत कारोवार सुरु

746

तिनाउ मिसन र नेपाल कम्युनिटी बैंक मर्जर, एकिकृत कारोवार सुरु

बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक र कम्यूनिटी डेभलपमेन्ट बैंक एक भएको छ । तिनाउ मिसनले कम्यूनिटीलाई प्राप्तीको प्रकृया पुरा गरी आईतबार देखि एकिकृत कारोवार समेत सुरु भएको छ ।
यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक विच मर्जर भएर गत असार ३१ गते देखी मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरु गरेको थियो ।
एउटै क्षेत्रमा रहेका बिकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ एकता प्रकृया पुरा गरि एकिकृत कारोवार सुरु गरेको हो ।
मर्जरपछि बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड रहने तथा बैंकको चुक्ता पूँजी १ अर्व ६७ करोड रुपैंया, निक्षेप संकलन १४ अर्व १४ करोड, कर्जा लगानी १२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको बैंकका प्रमृख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
एकता पश्चात बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहनु हुनेछ । राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस विकास बैंकले तोकिएको चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर जारी गर्ने वा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराउनु भयो ।