मानवअधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठक : द्वन्द्वकालिन मुद्धामा केन्द्रित हुने

884

मानवअधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठक : द्वन्द्वकालिन मुद्धामा केन्द्रित हुने

मानवअधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठकमा द्वन्द्वकालिन घटनासंग सम्बन्धित बिषयमा बढी केन्द्रत हुने छ । सरकारलाई सुझाव सल्लाह प्रदान गर्ने गरी हुने सम्मेलनमा मानव अधिकारका आधारभूत मुल्यमान्यता कायम गराउन र भएका ऐन कानुको पालना गर्नकालागि सरोकारवाला पक्षलाई समेत ध्यानाकर्षण गराईने छ । यो कार्यक्रमको एजेण्डा तय गर्ने लगायतका प्राबिधिक काम केन्द्रीय बारले गर्ने भएकाले मूलत मानव अधिकारका सवालमा नै सम्मेलन केन्द्रीत हुने मानवअधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठक मुल समितिका अध्यक्ष तथा उच्च अदालत बुटवल बार अध्यक्ष जोगबहादुर खत्रीले बताउनु भयो ।
भोली र पर्सी (मंगलबार र बुधबार) बुटवलमा नेपाल बार एशोसियशनको आयोजनामा मानवअधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठक हुँदैछ । बैठकको तयारीका सबै कामहरु पुरा भएको उद्घाटनमा प्रधानन्यायधिश चोलेन्द्र समसेर जवरा, कानुनमन्त्री उपेन्द्र यादव, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल सहित न्यायपालिका, कार्यपालिका र व्यबस्थापिकाका विशिष्ट व्यक्तिहरु सहभागि हुने उहाँले जानकारी गराउनु भयो ।
दुई दिनसम्म चल्ने कार्यक्रममा देशभरका करिब आठ सय जना कानून व्यावसायीको सहभागिता रहने उच्च अदालत बुटवल बारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । त्यसकालागि कार्यक्रम तथा आवासका लागि पूर्ण तयारी भएको सचिव गोबिन्द मरासिनीले जानकारी गराउनु भयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) को अवसरमा आयोजना गरिएको सम्मेलनको उद्घाटन गर्नु अंगाडी बुटवलमा जनचेतनामुलक प्रभातफेरी समेत गरिने छ । बिहान ७ः३० बजेदेखि हुने प्रभात फेरी सकिएलगत्तै सिद्धार्थ कटेजमा पुगेर औपचारिक कार्यक्रम सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।