स्वर्गीय राजु लामाको स्मृतीमा खुल्ला स्नुकर प्रतियोगिता सुरु

स्वर्गीय राजु लामाको स्मृतीमा खुल्ला स्नुकर प्रतियोगिता सुरु

रुपन्देहीका स्नुकर खेलाडी स्व. राजकुमार लामाको स्मृतिमा बुटवलमा खुल्ला स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रबार एक समारोहका बिच नेपाल ओलम्पिक कमिटीका सदस्य दीर्घबहादुर केसीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले स्नुकर खेलप्रतिको धारणा परिवर्तन भएको बताउँदै खेल र खेलाडीलाई ब्यावसायिक र क्षमता विकास गर्न प्रतियोगिता आवश्यक रहेको उल्लेख गर्नुभयो । खेलको बिकासकालागि सरकारको लगानी समेत महत्वपूर्ण भएको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै मायादेवी टेक्निकल कलेजका प्रवन्ध निर्देशक चिरन्जिवी जोशीले १९ औं सताब्दिदेखि सुरु भएको स्नुकर खेलको २१ औं सताब्दिमा आईपुग्दा पनि उच्च गतिमा बिकास हुन नसकेको बताउँदै यस खेलतर्फ युवाहरुको आकर्षण ल्याउनकालागि नियमित रुपमा प्रतियोगिता सञ्चालन हुनु पर्ने भनाई राख्नुभयो ।
प्रतियोगिताका सहसंयोजक सुजन पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पत्रकार दिपेन्द्र बडुवाल लगायतले खेलकुदको बिकासले राष्ट्रको पहिचान बढाउने बताउँदै खेलकुदको बिकासकालागि सरकारले बिशेष ध्यान दिनुपर्ने भनाई राख्नुभएको थियो ।
प्रतियोगितामा पहिलो चरणका सबै खेलहरु वेष्ट अफ थ्री, दोस्रो चरणका वेष्ट अफ फाईभ, तेस्रो र चौंथो चरणका वेष्ट आफ् सेभेन, पाँचौं र छैठौ चरणका वेष्ट अफ नाईन र फाईनल वेष्ट अफ ११ मा खेलाईने सरोज दर्लामी मगरले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा देशभरका १२८ खेलाडी सहभागि छन् ।
प्रतियोगितामा विजेतालाई नगद ५० हजार रुपैया, उपविजेतालाई नगद २५ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको सहसंयोजक तथा नेपाल पुल तथा स्नुकर संघ रुपन्देहीका उपाध्यक्ष सुजन पुनले जानकारी गराउनु भयो ।
त्यस्तै सेमीफाईनलमा पुग्ने २ जनालाई जनही ५ हजार, सर्वाधिक ब्रेकलाई नगद ५ हजार, ५० भन्दा बढी ब्रेक गर्नेलाई नगद ५ हजार, ट्रफीका साथै राईजिङ प्लेयरलाई प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ ।
स्नुकर खेलका राष्ट्रिय खेलाडी बुटवलका लामाको २०७४ चैत २१ गते निधन भएको थियो । खेलाडी स्वर्गीय लामाको सम्मान र स्नुकर खेलको बिकास तथा प्रवद्र्धनकालागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका सदस्य शिव रानाले बताउनु भयो ।

Share This
  • 178
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    178
    Shares