सिंगो गाउँ नै नेकपा छोडेर काँग्रेसमा प्रवेश

सिंगो गाउँ नै नेकपा छोडेर काँग्रेसमा प्रवेश

पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ को सिंगो गाउँ नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको छ । शनिबार एक कार्यक्रमका बिच बल्ढेङगढीको ढाव र लामिदमारका २७ घर परिवारका १ सय बढी नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका वडा सचिवालय सदस्य चित्रबहादुर कुमालले नेकपा सरकारले जनहितका भन्दा पनि नेतामुखी कार्यक्रम बनाएकाले आफुहरू नेपाली कांग्रेसमा प्रवेश गरेको बताउनु भयो । बल्ढेङगढीमा भएको कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश पाँचका प्रदेश सभा सदस्य बीरबहादुर रानाले उनीहरूलाई पार्टी प्रवेश गराउनु भएको थियो । उहाँले सिंगो गाउँले नेपाली काँग्रेसको नीति र सिद्धान्त मन पराई विश्वास गरेर पार्टीमा प्रवेश गरेकोमा धन्यवाद दिँदै पार्टीको साख गिर्न नदिनेगरी जिल्ला नेतृत्वले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले गाउँपालिकाले जनताको भावना अनुसारको विकास क्रियाकलापहरू गर्दै आएको बताउनु भयो ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares