हिंसाको राजनीति त्याग्न विप्लवलाई मानवअधिकारवादी नेता पहाडीको आग्रह

1.3K

हिंसाको राजनीति त्याग्न विप्लवलाई मानवअधिकारवादी नेता पहाडीको आग्रह

मानवअधिकारवादी नेता कृष्ण पहाडीले विप्लव समुहलाई हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिको मार्गमा आउन आग्रह गर्नुभएको छ । त्यस्तैगरी उहाँले सरकारले पनि कानुन संगत व्यबहार गर्नुपर्ने बताउनु भयो ।
आईतबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मावन अधिकार तथा शान्ति समाजका संस्थापक समापति समेत रहनुभएका पहाडीले विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनकालागि नागरिक स्तरबाट समेत दवाव सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो । ‘विप्लवले हिंसालाई छोड्नुपर्छ, कसैले बम पड्काउँछ भने तालि बनाउनु पर्छ भन्ने होईन ।’ उहाँले भन्नुभयो । दुबै पक्ष निर्देशित सिद्धान्त अनुसार नै अंगाडी बढेको बताउँदै उहाँले शान्तिकालागि विप्लव र सरकार पक्षलाई समेत संयमता अपनाउन आग्रह गर्नुभयो ।
लोकतन्त्रको प्राण सुशासन भएको बताउँदै उहाँले लाकतन्त्रमा धमिरा लागेका कारण सुशासन समेत हराएको बताउँदै राजनीतिक दलका नेताहरु नसुध्रिदासम्म व्यवस्थामाथि नै समस्या देखिन थालेको औंल्याउनु भयो । उहाँले मिचिएको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने भन्दै भूमि फिर्ता माग्दैमा भारत विरोधीका रुपमा नहेर्न पनि आग्रह गर्नुभयो ।
दाङमा सम्पन्न २२ आंै राष्ट्रिय परिषद् बैठकका निर्णय सार्बजनिक गर्न बुटवलमा भएको पत्रकार सम्मेलनमा भ्रष्टाचार विरूद्व अभियान, लागू औषध दुब्र्ययसन अन्त्य, मानव वेचविखन विरूद्व सचेतना, जलवायु परिवर्तनका लागि वातावरण संरक्षण, युवा बचाउ अभियान, वैज्ञानिक शिक्षा, नेपाली भूमि अतिक्रमणको विरुद्धमा पनि एकजुट हुने लगायतका ११ बुंदे निर्णय पारित भएको केन्द्रीय सभापति उत्तम पुडासैनीले जानकारी गराउनु भयो ।