नवलपरासी,मंसिर ।
नवलपरासीको परासीमा रहेका सामुदायीक रेडियो परासीमा गएराती पेट्रोल बम प्रहार गरिएको छ । गएराति करिव दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको रेडियोले जनाएको छ । पेट्रोल बम बाट रेडियोमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी भएको छ ।
आगलागिबाट मोटरसाईकल पुर्ण रुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की पनि दिईएको थियो ।
यस्तै मधेसमा जारी आन्दोलनको क्रममा पटक पटक धम्की पनि आउने गरेको थियो । रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घटनाको घोर भत्र्सना गर्नुभएको छ ।
यसैविच रेडियोले आज देखि अनिश्चीतकालका लागि प्रसारण बन्द गरेको छ । रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सन्चालन गर्न सक्ने स्थीती नआएपछि आज विहान साढे ६ बजे देखि अनिश्चीतकालका लागि रेडियोको प्रसारण बन्द गरिएको रेडियोका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।