हुस्सु कुहिरो दिनभर रहन्छ : मौसम पूर्वानुमान महाशाखा

1.3K

हुस्सु कुहिरो दिनभर रहन्छ : मौसम पूर्वानुमान महाशाखा

तराईका जिल्लामा लागिरहेको हुस्सु कुहिरो दिनभर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको तराईको हुस्सु र शितलहर सम्बन्धि बुलेटिनमा पश्चिम तराईका जिल्लाहरु कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, मध्य तराईका जिल्लाहरु चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, परासी तथा पूर्व तराईका जिल्लाहरु महोत्तरी, सिरहा, सप्तरी, सुनसरी मोरङ, झापामा हुस्सु तथा सितलहर चलेको छ ।
हाल तराईका अधिकांश भू–भाग तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा समेत सामान्य हुस्सु कुहिरो लागेको छ । पश्चिम तराई, मध्य तराई तथा पूर्वी तराईका जिल्लाहरुमा हुस्सु कुहिरो दिनभर रहने पनि मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टासम्म सितलहरको सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमो पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । त्यस्तै बिहीबार देशको पश्चिमी भूभागमा लगायत पूर्वी पहाडी भुभागमा आंशिक बदली रही बाँकी स्थामा मौषम सफा रहने छ । राती देशभर आंशिक बदली रहनेछ । त्यसैगरी शुक्रबार पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।