शिक्षाको गुणस्तर बृद्धि गर्न सबै एक भएर लागौं : मन्त्री बराल

1.3K

शिक्षाको गुणस्तर बृद्धि गर्न सबै एक भएर लागौं : मन्त्री बराल

प्रदेश पाँचका सामाजिक बिकास मन्त्री शुदर्शन बरालले सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्न सबै सरोकारवाला पक्ष एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । समग्ररुपमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार नभएसम्म देशले मागेको र खोजेको जनशक्तिको बिकास हुन नसक्ने भन्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुले ब्यबहारिक, गुणस्तरीय र सिपयुक्त प्राबिधिक शिक्षाको बिकासमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनु भयो ।
बुटवल उपमहानगर वडा नम्बर ४ स्थित कान्ति माध्यमिक बिद्यालयको ६६ औं बार्षिक उत्सव समारोह उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश पाँचलाई बिज्ञान, गणित र प्राबिधिक शिक्षाको बिकास आवश्यक रहेको चर्चा गर्नु भयो । बिज्ञान, गणित र अन्य प्राबिधिक शिक्षाका लागि अग्रसरता देखाउने सामुदायिक बिद्यालयलाई प्रदेश सरकारले भरपुर सहयोग गर्न तत्पर रहेको बताउँदै मन्त्री बरालले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यबस्थापनका पक्षमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउनु भयो ।
मन्त्री बरालले प्रदेश सरकारले बिज्ञान बिषयको नमुना बिद्यालयका रुपमा कान्ति माबिलाई बिकास गर्ने उद्देश्यले संघीय सरकारसँगको सहकार्यमा झण्डै २० करोड रुपैयाँको समपुरक अनुदान प्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै आधारशिला सहितको उचित प्रस्ताव लिएर आउने अन्य बिद्यालयलाई पनि क्रमशः सहयोग उपलब्ध गराईने जानकारी गराउनु भयो । यसक्षेत्रको शैक्षिक बिकासमा महत्वपुर्ण योगदान पुराएको कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना बिद्यालय बनाईने र यसका लागि संघिय सरकार र प्रदेश सरकारले ५०÷५० प्रतिशत बजेट लगानी गर्ने सहमती भएको उहाँले प्रष्ट पार्नु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरभित्रका सबै बिद्यालयमा शिक्षक र बिद्यार्थीको एउटै डे«स कोड बनाउने योजना रहेको बताउनु भयो । उपमहानगर भित्रका सबै शिक्षक र बिद्यार्थीले एउटै ड्रेस कोड प्रयोग गरेपछि मानसिक रुपमा हुने बिभेद् र सामाजिक रुपमा हुने असमानताको अन्त्य हुने उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष टंकप्रसाद पराजुली, बिद्यालयका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोबिन्द ज्ञवाली, सहप्राचार्य चुरामणी पौडेल, कालिका माबिका प्राचार्य घनश्याम पाठक लगाएतले सामुदायिक बिद्यालयमा पढ्न चाहने सबै बिद्यार्थीले भर्ना हुन पाउने वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभएको थियो ।