साधना महिला बिद्यालयमा लायन्स क्लवद्वारा निशुल्क मधुमेह परिक्षण

677

साधना महिला बिद्यालयमा लायन्स क्लवद्वारा निशुल्क मधुमेह परिक्षण

लायन्स क्लव अफ बुटवल युथको आयोजनामा बुटवलको साधना महिला बिद्यालयमा निःशुल्क मधुमेह परिक्षण गरिएको छ । त्यस अवसरमा ४७६ जनाको मधुमेह परिक्षण गरिएकामा १३८ जनामा मधुमेह देखिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष दिपकप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक को–चिफ एडभाईजर अर्जुनमान सैंजु, डिष्ट्रिक एडभाईजर पुरुषोत्तम प्रधानाङ्ग, रिजनल चेयरप्रसन जाकिर हुसैन, बुटवल उपमहानगरपालिका वडा नं. ६ का सदस्य बिरमान लामा, बिद्यालयकी अध्यक्ष साबित्रा अर्याल, क्लवका पूर्व अध्यक्ष जमिल खान लगायतले भनाई शुभकामना मन्तव्य राख्दै क्लवले सामाजिक रुपमा गरेको स्वास्थ्य सेवाका काम स्रहानीय रहेको बताउनु भएको थियो ।