गैर आवासीय नेपाली संघ (एन आर एन ) पोर्चुगलले भारतले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा बिरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने भयको छ |आगामी सोमबारका दिन पोर्चुगलको राजधानी लिस्वन स्थित भारतीय राजदुताबास अगाडी विरोध प्रदशन गर्ने र ज्ञापन पत्र बुझाउने कार्यक्रमको आयोजना गरियको एन आर एन पोर्चुगलले जानकारी दियको छ |
एक सूचना जारि गर्दै संघले पोर्चुगलमा रहेका नेपाली संघसंस्थाहरु तथा सम्पूर्ण पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाइ अत्यधिक सहभागी हुनको लागि अनुरोध गरको छ |’यती बेला हाम्रो देश भारतको अघोषित नाकाबन्दीको कारणले अत्यन्त जर्जर अवस्थामा पुगेको छ। खाध्यान्न, इन्धन एबम जीबनरक्षक औषधिको चरम अभाबको स्थिती सिर्जना भएको छ। देशको यस्तो बिषम अवस्थालाई हामी टुलुटुलु हेरेर बसी रहन सक्दैनौ। ‘संघका अधक्ष्य भिम केसी कमलले सुचना जारि गर्दै भनेका छन ‘बिरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको आयोजना गरेकोले उक्त कार्यक्रममा अनिबार्य सहभागी भै नेपालीको एकता र राष्ट्रप्रेम उजागर गरी दिनु हुन हार्दिक आग्रह गर्दछौ।|’
विरोध कार्यक्रम सोमवार दिउसो ३.३० बजे देखी ५.३० बजेसम्म भारतीय राजदुताबासको ठीक अगाडि आयोजना गरियको छ |कार्यक्रममा उपस्थित हुँदा सकेसम्म नेपाली पोशाक, ढाका टोपी लगायर आउन तथा आफुसंग भएको नेपालको झन्डा पनि ल्याउन एन आर एन पोर्चुगलले अनुरोध गरेको छ ।
एन आर एन पोर्चुगलले दियको सूचना अनुसार भारतीय दुतावास सम्म पुग्नको लागि रोमा, मार्केस पोम्बाल, रातो क्षेत्रबाट ७२७ नम्बरको बसमा चढी Belem अथवा Mosteiro Jerónimos स्टपमा ओर्लने वा रोसियोबाट १५ नम्बरको इलेक्ट्रिक वा अन्य बसमा गै Belem स्टपमा झरेर ५ मिनट उकालो हिडेपछि कार्यक्रम आयोजना गरियको स्थानमा पुग्न सकिने छ |
यूरोपमा भयका नेपालीहरुले यसघि बेल्जियम स्पेन डेनमार्क स्विस लगायतका देशहरुमा रहेका भारतीय दुतावासहरुमा पुगेर नाकाबन्दीको विरोध तथा ज्ञापन पत्र बुझाईसकेका छन |