बुटवल मेलामा भोलीको आकर्षण

1.3K

बुटवल मेलामा भोलीको आकर्षण

बुटवल देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेलामा भोली शुक्रबार ईन्द्रणीको दोहोरी कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । त्यस्तै युवाहरुको ढुकढुकीको रुपमा रहेको भ्वाईस अफ बुटवल पनि नियमित रुपमा सञ्चालन हुने आयोजक बुटवल उद्योग बाणिज्य संघ मेला सचिवालयले जनाएको छ ।
शुक्रबार बिशेषगरी लोक दोहोरी तर्फ लोक तथा दोहोरी गायक सम्झना लामिछाने, राजन कार्की, बिधान कार्की र पुनम सुनारको प्रस्तुती रहने छ छ । त्यस्तैगरी न्यू सत्यसाई कला केन्द्र बुटवलका कलाकारहरुको प्रस्तुती रहने छ ।
त्यस्तैगरी ईन्द्रेणी समाजको नियमित दोहोरी कार्यक्रम सञ्चालन गरिने छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुधबारदेखि बुटवल देवीनगरमा २० औं संस्करणको औद्योगिक व्यापार मेला बुटवल–२०७६ सुरु भएको छ ।
मेलाको दोस्रो दिन दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो । मेलामा बिहानैदेखि दर्शकको घुईचो लागेको थियो । मेलामा बिहिबार मात्रै १० हजार बढी दर्शकले अवलोकन गरेको मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
मेलामा बिहिबार ईन्द्रेणी समाजको दोहोरी कार्यक्रम, लोकदोहोरी गायक गायिकाहरु मञ्जु पौडेल, चोलेन्द्र पौडेल, सीता राना, दिपक दर्लामी, आधुनिक गायक तुजु अर्याल लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै वेलभरीया थारु संस्कृति समाज रुपन्देहीको संस्कृतिक सांगितिक नृत्य प्रस्तुती रहेको लोक सांस्कृतिक उपसमितिका संयोजक टंक गैरेले जानकारी गराउनु भयो ।