मेलामा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनजाग्रितीकी स्नेहा प्रथम

मेलामा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनजाग्रितीकी स्नेहा प्रथम

बुटवल देवीनगर स्थित औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजाग्रिती माबि योगिकुटीकी स्नेहा पौडेल प्रथम भएकी छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा १५ बिद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी हुन् ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ विषयमा मेलाको पाँचौदिन आईतबार आयोजना गरिएको प्रतियोगितामा बुटवल ईलिट स्कुलकी समिरा सोनी द्वितीय, एभरेष्ट बोर्डिङ् स्कुलकी तला भण्डारी तृतीय र लुम्बिनी बोर्डिङ स्कुलकी रिया पाण्डेले सान्त्वना स्थान हासिल गरेकाले निर्णायक मण्डलका संयोजक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । त्यस्तै कान्ति माबिकी दिपिका घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उनलाई प्रत्साहन स्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

आईतबार चिसो मौषमका बिच पनि मेला अवलोकन कर्ताहरुको उत्साहजनक सहभागिता रहेको मेला सचिवालयले जनाएको छ । आईतबार प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । मेलाको अवलोकन पछि मन्त्री गिरीले ५ नं. प्रदेश मुलुकको आर्थिक बिकासकालागि कृषिमा प्रयाप्त सम्भावना बोकेको बताउनु भयो । कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य रहेको समेत उहाँले औंल्याउनु भयो । उहाँले प्रदेश बिकासका सम्भावनाहरु कृषि, उद्योग र पर्यटनकालागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै कृषि, उद्योग र पर्यटन प्रवद्र्धन गर्नेगरी औद्योगिक व्यापार मेला आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रदेशको औद्योगिक बिकासमा नीजि क्षेत्रबाट प्राप्त भएको सहयोगले सरकारलाई उत्साह थपिएको मन्त्री गिरी उल्लेख गर्नुभयो ।

आईतबार मेलामा ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धीहरुको प्रस्तुती रहेको थियो । त्यस्तै सोमबार आधुनिक गायक प्रमोद खरेल, लोक गायक नारायण रायमाझी, रामचन्द्र कोईराला, पुरुषोत्तम गैरे, जुना श्रीस, कार्यक्रम सञ्चालक खेमराज रेग्मी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

त्यस्तैगरी दोहोरी गीत प्रतियोगिता तथा बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सुरु हुनेछ । दोहोरी गीत प्रतियोगितामा ८ टिम र बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा १० टिम सहभागि रहेको सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी गराउनु भयो ।

स्टल मुल्यांकन

मेलामा सहभागि स्टलहरुको आन्तरिक रुपमा मुल्यांकन सुरु भएको छ । मुल्यांकन एवं उपहार व्यबस्थापन उपसमितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहका अनुसार स्टलमा सहभागिको आन्तरिक रुपमा मुल्यांकन सुरु गरिएको र मुल्यांकनमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ । जसमा समग्र स्टल, हस्तकला, तयारी खाद्यान्न, कृषि, प्रविधी तथा दुर्गम क्षेत्र छुट्टाछुट्टै मुल्यांकन गरिने छ ।

Share This
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares