बुटवल,मंसिर ।नेपाली काग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाणँले भारतिय नाकान्दीले जनजिवन अस्तव्यस्त भएपनि सरकार मुकदर्शक भएर बसेको आरोप लगाउनु भएको छ ।
उहांले प्रधानमन्त्री तथा मन्त्रीहरु भाषण गर्दै हिडेको भन्दै समाधान तर्फ कुनै पहल गर्न नसकेको टिप्पणी गर्नु भयो ।
भारत र नेपाल सम्वध निकै पुरानो भएपनि जनप्रतिनिधिहरुले जारी गरेको सविधानमा भारतले नाकबन्दी गरेर छिमीकेको मुर्खतापुर्ण काम गरेको बताउनु भयो । ।उहाले मधेसका समस्या समाधान गर्न सविधान सम्सोधन गर्न काग्रेस तयार रहेको बताउनु भयो ।
नेपाल महिला सघ केन्द्रिय समितिको आयोजनामा भएको लुम्बिनी अञ्चल स्तरिय एक दिने विचार गोष्ठीमा बोल्दै नेता खांणले निकै ठुलो संघैषबाट कांग्रेस नेतृत्वमा संविधान जारी भएको भन्दै यसको कार्यानयनका लागि सक्रिय रहन पनि सबैमा आग्ह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल महलिा संघका केन्द्रिय अध्यक्ष डा डिला संग्रौलले अव नेपाली महिलाहरु कसैले दिएर होइृन खोसेर आफ्नो अधिकार प्राप्ती गर्ने बताउनु भयो ।
उहांले अहिलेको संविधानले धेरुे महिलाहरका अधिकार स्थापित गरेको चर्चा गर्दै यसको कार्यानयनका लागि सचेत रहन पनि आग्रह गर्नु भयो । समावेशी संविधान बने पनि वर्तमान सरकारमा ६÷६ जना उपप्रधानमन्त्री हुदा एक जना महिला उपप्रधानमन्त्री नहुनु वर्तमान सरकारको वास्तविकता स्पष्ट भएको धारणा राख्नु भयो ।
नेपाल महिला संघ रुपन्देहीका अध्यक्ष रमा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्यहरु निर्मला क्षत्री, आनन्दी राण, रिजन श्रेष्ठ, प्रविसा महरा, हिरादेवी शर्मा, माया राना, उर्मिला थापा, कांग्रेस रुपन्देहीक ाउपसभापती मनोरमा शेरचन, सचिव रामकृष्ण खांण, ओमकला गौतम, क्षेत्रिय सभापती हरि वहादुर आर्चाय क्षेत्री, नगर सभापती खेलराज पाण्डे, भरतपुर सभापती मिलनवावु श्रेष्ठ, महिला जिल्ला सभापतीहरु गंगा पौडेल, पाल्पा, विष्णु सापकोटा, गुल्मी, कमला पराजुली नवलपरासी, शान्ता भण्डारी अर्घाखाची, मिना केसी कपिलवस्तु, रुपन्देही सभापती गंगा शाहि लगायतले बोलनु भएको थियो ।