आफू सभापति बन्नकालागि शेरबहादुर जीले पार्टी समाप्त गर्दै हुनुहुन्छ : सुजाता

1.3K

आफू सभापति बन्नकालागि शेरबहादुर जीले पार्टी समाप्त गर्दै हुनुहुन्छ : सुजाता

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोईरालाले पुनः आफू सभापति बन्नकालागि सभापति शेरबहादुर देउवाले पार्टीलाई समाप्त गर्ने काम गरेको आरोप लगाउनु भएको छ । पार्टी नै समाप्त गरेर बन्ने सभापतिको कुनै औचित्य पनि नरहने बताउँदै पार्टीलाई मिलाएर अंगाडी बढ्नु पर्ने बताउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधान मन्त्री समेत रहनु भएकी नेतृ कोईरालाले नेताहरुले पार्टी सिध्याउन लागेको भन्दै बचाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘आफू प्रेसिडेन्ट बन्नकालागि शेरबहादुर जीले पार्टीलाई समाप्त पार्दै हुनुहुन्छ ।’ उहाँले भन्नुभयो–‘पार्टी मिलेन भने अर्को चुनावमा काँग्रेसमा भोट हाल्न मेरै हात काप्ने छ ।’
नेतृ कोईरालाले पार्टीको आगामी महाधिवेशनमा कोईराला परिवारबाट तीन जना (शेकर, सशांक र सुजाता) जो उठेपनि सबै एकै ठाउँमा रहने बताउँदै कोईराला परिवार मात्रै नभएर सिंगो टिम मिलेर चुनावमा जाने भनाई राख्नुभयो ।
प्रतिनीधि सभा सदस्य समेत रहनु भएकी नेतृ कोईरालाले सरकाले अहिले कानुन ड्राफ्ट गर्दा आफूलाई सेभ गर्ने गरी गरेको बताउँदै कानुन सबैकालागि समान हुनुपर्ने भनाई राख्नुभयो । सरकारले ल्याउँदै गरेको प्रेस सम्बधि कानुन त्यसको उदाहरण भएको बताउँदै उहाँले त्यसप्रति कडा आपत्ति प्रकट गर्नुभयो । ‘कानुन निर्माण गर्दा पनि आफूलाई सेभ गर्नेगरी भएको छ ।’ उहाँले भन्नुभयो–‘प्रजातन्त्रमा, लोकतन्त्रमा यो स्वीकार्य हुँदैन ।’
सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्छु भनेपनि त्यो हुन नसकेको उल्लेख गर्दै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरु कहाँ छन् भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो–‘निमला पन्तको मुद्धा किन सेलायो ?, यस्तो केसलाई प्रोटेक्सन गर्नेलाई पनि कारवाही हुनुपर्छ ।’