तीनदिनको मौसम पूर्वानुमान : हिमाली भागमा भारी हिमपात, देशभर मध्यम वर्षाको सम्भावना

1.3K

तीनदिनको मौसम पूर्वानुमान : हिमाली भागमा भारी हिमपात, देशभर मध्यम वर्षाको सम्भावना

जल तथा मौषम विज्ञान विभागले आगामी तीन दिनको मौषम पूर्वानुमान गर्दै हिमाली भागमा भारी हिमपात तथा देशभर सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना देखाएको छ ।
मौसममा आएको वदलावसंगै शुक्रबार बिहानै देखि मध्यम खालको वर्षाका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहान बिशेष बुलेटिन सार्वजनिक गर्दै मौषम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको हुँदा चिसो रहीरहने हुनाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

महाशाखाले गरेको तीन दिनको मौषम पूर्वानुमान

पुस १८ गते शुक्रबार
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पुस १९ गते शनिबार
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पुस २० गते आईतबार
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।