ईक्यान रुपन्देहीमा कुवँर : बिदेशी बिद्यार्थीलाई ल्याउनकालागि नीतिगत व्यबस्था गर्न माग

ईक्यान रुपन्देहीमा कुवँर : बिदेशी बिद्यार्थीलाई ल्याउनकालागि नीतिगत व्यबस्था गर्न माग

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीको शुक्रबार बुटवलमा भएको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । एभरोड स्टडीको लागि बाहिर जाने बिद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संस्थाको रुपमा रहेको ईक्यानको भेलाले देवबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा उपाध्यक्षमा अमित पौडेल, सचिवमा गिरिराज पाण्डे, कोषाध्यक्षमा मोहनलाल घिमिरेलाई चयन गरिएको छ । ईक्यान रुपन्देहीको कार्यकारी सदस्यहरुमा राजेश पाण्डे, मुकेश अर्याल, मिनप्रसाद शर्मा, करिष्मा पाण्डे, दिपेश अर्याल र गोविन्द बस्नेत चयन हुनु भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ईक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेल सपथग्रहण समेत गराउनु भएको थियो ।
त्यस्तैगरी प्रमुख सल्लाहकारमा गोविन्दराज अधिकारी तथा सल्लाहकारमा दिनेश पौडेल र बसन्त पाण्डेलाई चयन गरिएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्स प्रदान गर्र्ने संस्थाहरुको विचमा पेशागत एकता आवश्यक रहेको बताउनु भयो । उहाँले पेशागत हकहितकालागि र परराष्ट्र मामिलासंग समेत जोडिने विषय भएकाले शिक्षा नीतिमा आफूहरुले उठान गर्दै आएको विषय सम्बोधन भएको जानकारी गराउनु भयो ।
अहिले पनि कयौं कन्ल्टेन्सीहरु राज्यको नीति नियम भन्दा वाहिर रहेको भन्दै सबैलाई राज्यको नीति नियमको दायरा भित्र ल्याउनु पर्ने उहाँको भनाई थियो । उहाँले ईक्यानमा आवद्ध रहेका सबै संस्थाहरुलाई ऐन कानुनको परिधीमा रहेर काम गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेले आफूहरुले अध्ययनकालागि बाहिर पठाउने नेटवर्कबाट विदेशी बिद्यार्थीलाई पनि ल्याउन सकिने भन्दै सरकारले नीतिगत रुपमा व्यबस्था मिलाउनु पर्ने बताउनु भयो ।
उहाँले मुलुकभर ७ सय भन्दा बढी र रुपन्देही जिल्लामा मात्रै ८० वढी संस्थाहरुले शिक्षा मन्त्रालयमा स्वीकृतिकालागि आवेदन दिएको जानकारी गराउँदै मन्त्रालयबाट स्वीकृति लिएर मात्रै संस्था सञ्चालनकालागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा, ईक्यानका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, पुर्व अध्यक्ष राजेन्द्र बराल, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, ईक्यान केन्द्रीय उपाध्यक्ष देवीराज भट्टराई, महासचिव शेषराज भट्टराई, सचिव दिपकराज भुसाल, कास्की शाखा अध्यक्ष भुवनबहादुर क्षेत्री, चितवन शाखा अध्यक्ष शोमबहादुर कंडेल, ईक्यानका पुर्वाञ्चलन अध्यक्ष रोशन निरौला लगायतले शुभकामना मन्तव्य राख्दै व्यबसायलाई मर्यादित बनाउन र सरकारले गर्ने नियमन पनि मर्यादित बनाउने गरि आउनु पर्ने भनाई राख्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष देवबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गिरिराज पाण्डेले गर्नुभएको थियो ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares