बेल्जियम ल्याउन लागियको हतियार इटाली प्रहरीले रोक्यो

1.3K

बेल्जियम ल्याउन लागियको हतियार इटाली प्रहरीले रोक्यो

ब्रसेल्स/बेल्जियम
मंसिर १०

टर्की बाट बेल्जियम ल्याउन लागियको हतियार इटालीको प्रहरीले रोकिदियको छ | इटालीका वित्तीय प्रहरीले कार्गो हुदै ल्याउन लागियको उक्त हतियार रोकेको हो |इटालीबाट आज प्रकाशित ‘ला स्ताम्पा’पत्रिकाका अनुसार विनचेस्टर SXP मोडेलका अत्याधुनिक ७८१ हतियार टर्कीबाट बेल्जियम नेदरल्याण्ड र जर्मनीका लागि ल्याइदै थियो |इटालीको त्रिस्ट बन्दरगाह हुदै आयको उक्त परिमाणको हतियार नेदरल्याण्ड नम्मर प्लेट भयको ट्रक मा तुर्किस चालकले ट्रकमा ल्याउदै गरेका थिय |

ब्रसेल्सको सुरक्षा जोखिम घट्यो

आहिले भर्खरै ब्रसेल्सको सुरक्षा स्तर ‘४’ बाट ‘३’मा झारियको छ | संघीय सुरक्षा अभियोजनकर्ताले सबै विश्लेषण गरेर यो निर्णय गरेको जानकारी दियका छन | यसै गरेर प्रधानमन्त्री चार्ल्स मिसेलले आतंकवादीहरुले डर सिर्जना गर्न खोजेको मात्रै बतायका छन | आफुहरु जतिसक्दो छिटो जनजीवन सामान्य अवस्थामा ल्याउन प्रयत्नरत रहेको पनि घोषणा गरेका छन |

इस्लामिक स्टेटको चुनौती

इस्लामिक स्टेटले बेल्जियमलाई चुनौती दियको छ | उसले आज एक भिडिओ बाहिर ल्याउदै भनेको छ ‘हामि बेल्जियम भन्दा ८ गुना ठुला छौ ,तिमीहरुलाई मृत्युको पहाडमा जलाइदिन सक्नेछौ |’ साथै भिडिओ सन्देसमा उसले आतंकवाद विरुद्ध एकजुट हुने सबै देश ,संगठनहरु लाइ खतराको चेतावनी दियको छ |

‘यी सबै उनको कार्य हाम्रो विरुद्धमा छ |यसको उत्पत्ति १४३५ मा भयको हो र अहिले हाम्रो संगठनका नेता शेख़ अबू बक्र अल बगदादी रहेका छन |हाम्रो क्षेत्र बेलायत भन्दा ठुलो ,बेल्जियम भन्दा ८ गुना ठुलो र कतार भन्दा ३० गुना विसाल रहेको छ |’

त्यस्तै गरेर उसले अमेरिकालाई कडा चेतवानी दियको छ | इस्लामिक स्टेटले निकालेको उक्त विडियोको पहिलो सन्देशमा भनियको छ | अमेरिकी रास्ट्रपति बाराक ओबामा ,जोन केरी ,जर्ज बुस र बल्ल किलिन्टनको फोटो राख्दै स्टेटले अमेरिकाको जस्तो सिपाहीहरुलाई बनायको नियम हामीसंग छैन जसले आना सिपाहीहरुलाई झुट सहित युद्ध गर्न अन्यन्त्र पठाइन्छ | अमेरिकी सेनाहरु प्रत्यक दिन १८ जना आफै आत्महत्या गर्ने गरेको पनि स्टेटले खुलासा गरेको छ |

-एजेन्सीको सहयोगमा