एनबिआर र लियो क्लवद्वारा बिपन्न परिवारलाई न्यानो कपडा

941

एनबिआर र लियो क्लवद्वारा बिपन्न परिवारलाई न्यानो कपडा

फेसबुक ग्रुप ‘नेपलीज ब्रदर्श रुम’ (एन.बि.आर.) बुटवल र लियो क्लव अफ सिद्धबाबाको संयुक्त आयोजनामा बुटवलको पुरानो बसपार्क पछाडीको बस्तीमा विपन्न परिवारलाई लत्ता कपडा वितरण गरिएको छ । एन.बि.आर.को ‘न्यानो बाँडो, खुसी साटौं’ अभियान अन्तरगत लियो क्वलको सहभार्यमा त्यस स्थानका विपन्न ५० घरपरिवारका १४० जनालाई न्यानो कपडा बाँडिएको एन.बि.आर. बुटवलका संयोजक राजु टण्डनले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको स्थानीय व्यबस्थापन राधाकृष्ण युवा क्लवले गरेको थियो ।
लियो क्लव अफ सिद्धबाबाका अध्यक्ष बरुण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा यम बराल, प्रविण पौड्याल, बिशाल पन्थ, एन.बि.आर. बुटवलका संयोजक राजु टण्डन लगायतले भएका व्यक्तिसंग सहयोग उठाएर नभएका व्यक्तिकालागि न्यानो कपडा वितरण गरिएको बताएका थिए ।
एन.बि.आर.ले प्रत्येक वर्ष यसैगरी ‘न्यानो बाँडौं, खुसी साटौं’ अभियान सञ्चालन गर्दै आएको छ । अभियान अन्तरगत आगामी माघ ३ गते बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित न्यू दुर्गानगरमा रहेको मायाँदेवी जनजाग्रिती बिद्यालयमा अध्ययन गर्ने ८० जना बिद्यार्थीलाई ‘भविश्य अट्ने झोला’ स्कुल व्याग तथा स्टेशनरी सामग्रि वितरण गरिने संयोजक टण्डनले बताउनु भयो ।