‘वर्ष व्यक्ति २०१५’ मा भारतीय प्रधानमन्त्री मोदीको विपक्षमा मत बढी

417

‘वर्ष व्यक्ति २०१५’ मा भारतीय प्रधानमन्त्री  मोदीको  विपक्षमा मत बढी

ब्रस्सेल्स/बेल्जियम
मंसिर १०

विश्वको चर्चित पत्रिका ‘टाइम’ म्यागाजिनले गरेको वर्ष व्यक्ति २०१५मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पक्ष भन्दा विपक्षमा मत खसेको छ | समाचार तयार पार्दा सम्म ७७ प्रतिशत हुदैन र २३ प्रतिशत उनलाई वर्ष व्यक्ति बनाउनु पर्छ भन्नेमा मत जाहेर गरेका छन | अहिलेसम्मको मत मध्य मोदी ९औ स्थानमा रहेका छन भने जर्मन चान्सलर एन्जेला मार्केल १०औ स्थानमा रहेकी छिन |

त्यस्तै गरेर फेसबुकका मालिक मार्क जुकरबर्ग,अमेरिकी रास्ट्रपति बाराक ओबामा ,रसियन रास्ट्रपति भलादमिर पुटिन .जर्मन चान्सलर एन्जेला मर्केल,फ्रान्सका रास्ट्रपति फ्रास्वा होल्लंद लाइ पनि वर्ष व्यक्ति वनाउनु हुदैन भने पक्षमा अत्यधिक मात जाहेर गरेका छन |

प्रजातान्त्रिक रास्ट्रपति बर्नी सान्दर्सको समर्थनमा लाइ भने अत्याधिक मत जाहेर गरेका छन | त्यसै गरेर शान्ति तर्फ नोवेल पुरस्कार प्राप्त मलला युसुफजोइ धर्मगुरु पोप फ्रासोवा ,समर्थनमा धेरै रहेका छन |उनीहरु अहिलेसम्म क्रमस पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका छन | विश्व भरिबाट गरेर उक्त पत्रिकाले ५९ जनालाई पाठकको सर्वेक्षणमा राखेको छ |

मतदान प्रक्रिया दुइ किसिमबाट गर्नुपर्ने हुन्छ | एउटा व्यक्तिको फोटो मा ‘एस’ वा ‘नो’ अप्सनमा क्लिक गरेर अर्को दुइ उम्मेदवार विच जुन मन पर्छ उसैको फोटोमा क्लिक गरेर मत ब्यक्त गर्नुपर्ने हुन्छ | भारतीय प्रधान मन्त्रि मोदी पहिलो अप्सनमा पछि छन भने दोस्रो अप्सनमा अगाडी नै रहेका छन | उक्त पत्रिकाले मोदी र चीनका रास्ट्रपति लाइ प्रतिष्पर्धामा उतारेको छ | उनीहरु मध्य आफुलाई जुन मनपर्छ उसैमा मत हाल्नु पर्ने हुन्छ |

मतदान ४ डिसेम्बर राति ११ बजेर ५९ सम्म खुल्ला हुनेछ |डिसेम्बर ७ तारिखको दिन सहभागीहरुले गरेको मतदानको नतिजा र डिसेम्बर ९ तारिखका दिनमा ‘टाइम्स वर्ष ब्यक्ति २०१५’ घोषणा गरिने उक्त पत्रिकाले जनायको छ | विगत ९० सालदेखि उक्त पत्रिकाले संसारभरका प्रभावसाली ब्यक्तिहरुको चयन गर्दै आयको छ |
bernie sandercompmark