सातौं फर्साटिकर फूटवलको अन्तिम सेमिफाईनलमा आयोजक र पाल्पा ११ भिड्दै

सातौं फर्साटिकर फूटवलको अन्तिम सेमिफाईनलमा आयोजक र पाल्पा ११ भिड्दै

सातौं फर्साटिकर नक आउट फूटवल प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलमा बिहिबार फर्साटिकर युवा क्लव फर्साटिकर र पाल्पा ११ पाल्पाका बिचमा हुँदैछ ।
फर्साटिकर युवा क्लव सुद्धोधन ४ फर्साटिकरको आयोजनामा भएको प्रतियोगितामा पहिलो सेमिफाईनलबाट भैरव फूटवल क्लव नवलपरासी फाईनलमा प्रवेश गरिसकेको छ । आज हुने अन्तिम सेमिफाईनल प्रतियोगितामा बिजेताले भैरवसंग सामना गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा भैरबले झरना स्पोर्ट्स क्लब कुञ्जलापुरलाई सडन डेथमा ३–२ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टिमको सहभागिता रहेको थियो । शुद्धोदन गाउँपालिका रुपन्देहीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेतालाई उपाधि सहित २ लाख रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने छ भने उपविजेतालाई १ लाख रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक फर्साटिकर युवा क्लवका अध्यक्ष मुकेश कुवँरले जानकारी गराउनु भयो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares