सातौ फर्साटिकर फूटवलको उपाधिकालागि भोली भैरव एफ्सी र आयोजक भिड्ने

सातौ फर्साटिकर फूटवलको उपाधिकालागि भोली भैरव एफ्सी र आयोजक भिड्ने

रुपन्देहीको सुद्धाधन गाउँपालिका वडा नं. ४ मा गठित फर्साटिक युवा क्लवको अयोजनामा भएको सातौं फर्साटिक नक आउट फूटवल प्रतियोगिताको उपाधिकालागि फाईनलमा नवलपरासीको भैरव फूटवल क्वल र आयोजक फर्साटिक युवा क्लव बिच प्रतिस्पर्धा हुँदैछ ।
बिहिबार भएको अन्तिम सेमिफाईनलमा पाल्पाको पाल्पा ११ लाई हराउँदै आयोजक फर्साटिक युवा क्लवले फाईनलको यात्रा तय गरेको हो भने यस अंगाडी बुधबारको पहिलो सेमिफाईनल खेलमा झरना स्पोर्टस क्लव कुञ्जलापुरलाई पराजित गर्दै भैरवले फाईनलको यात्रा तय गरेको थियो ।
भोली पुस २६ गते हुने फाईनल प्रतिपर्धामा उपाधि बिजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपैंया नगद पुरस्कार प्रदान गरिने आयोजक फर्साटिक युवा क्वलका अध्यक्ष मुकेश कुवँरले जानकारी गराउनु भएको छ । सातौ फर्साटिकर नक आउट फूटवलको उपाधिकालागि रुपन्देही, चितवन, नवलपरासी र पाल्पाका गरि १६ टिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •