क्यान रुपन्देहीद्वारा आगामी माघमा नबौं संस्करणको क्यान ईन्फोटेकको तयारी

1.3K

क्यान रुपन्देहीद्वारा आगामी माघमा नबौं संस्करणको क्यान ईन्फोटेकको तयारी

क्यान महासंघ रुपन्देहीले आगामी माघमा नबौं संस्करणको क्यान ईन्फोटेक गर्ने तयारी गरेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको महासंघले विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले क्यान ईन्फोटेकको तयारी गरिएको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
आगामी माघ १७ देखि २१ गतेसम्म ५ दिन बुटवल बहुमुखी क्याम्पसको प्राङ्गढमा हुने ईन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी गराउनु भयो ।
उहाँले ईन्फोटेकले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने विश्वास गरिएको बताउँदै नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउने भएकाले ब्यवसायीहरुलाई व्यबसायिक बिस्तार गर्ने अवसर समेत प्राप्त हुने जानकारी गराउनु भयो । त्यस्तै अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।
त्यसैगरी ईन्फोटेकले सरकारले हालै ल्याएको ‘डिजिटल नेपाल फेमवर्क’ र नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ । मुख्य प्रदर्शनी हल भित्र ११० वटा प्रदर्शनी स्टलहरु रहनेछन् ।
ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, आईटी ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् तथा बिद्यार्थीहरुले बताएका प्रविधियुक्त हाडवेयर÷सफ्टवेयर संग सम्बन्धित सामाग्रिहरुका स्टलमा राखिने छ ।
ईन्फोटेकमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकले बनाएको रोबोर्ट÷ड्रोनको प्रदर्शनी लगायत आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।