डेढ वर्षमा झण्डै ५३ हजार स्मार्ट लाईसेन्स जारी

डेढ वर्षमा झण्डै ५३ हजार स्मार्ट लाईसेन्स जारी

सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन) शुरु भएपछि यातायात व्यवस्था (सवारी चालक अनुमतीपत्र) कार्यालय बुटवलवाट ५२ हजार ८ सय ८४ वटा (स्मार्ट) चालक अनुमतीपत्र जारी गरेको छ । बुटवल कार्यालयवाट स्मार्ट लाईसेन वितरण विसं २०७४ साउनदेखि शुरु भएकोमा विसं २०७६ साल पुस २४ गते १८ महिनाको अवधिमा उक्त संख्याको लाईसेन जारी गरिएको र १२ हजार २ सय ५२ वटा विभिन्न प्रकृतिका सवारी चालक अनुमतिपत्रको थप गरिएको कार्यालयले जनाएको छ ।
स्मार्ट सवारी चालक अनुमतिपत्र पाउनेमा मोटरसाईकिल ३० हजार १०१, कार ६ हजार ५८५, टेम्पो ७६९, ईरेक्सा २८४, टेक्टर २ हजार ९४५, स्कुटर १२ हजार १९९ र पावर टेलर १ गरि कुल ५२ हजार ८८४ रहेको कार्यालयका लेखा अधिकृत मुक्ती भट्टराईले बताउनु भयो । स्मार्ट सवारी चालक अनुमतिपत्र जारी गर्दा ८ करोड ६० लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
डेढ वर्षको अवधिमा कार्यालयवाट ७६ हजार ८१३ वटा चालक अनुमतिपत्र नविकरण र प्रतिलिपीका रुपमा वितरण गरिएको छ । कार्यालयवाट डेढ वषको अवधीमा मोटरसाईकिल १ हजार ९३८, कार ८ हजार ७२८ टेम्पो ४४७, मिनी बस ट्रक २४१ हेभि ट्रक ३६० वटा चालक अनुमतिपत्रमा थप गरि वितरण गरिएको छ । त्यस्तै गरि हेभि मेशिनरी अन्र्तगत दमकल, लोडर, डोजर, स्काभेटर, क्रेन लगायतका गरि ६६ वटा र ५६ वटा स्कुटरको चालक अअनुमती पत्रमा थप गरिएको छ ।
१२ हजार २५२ वटा सवारी चालक अनुमतीपत्र थप गर्दा ६३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी चालक अनुमतीपत्रका लागि सधै भिडभाड हुने बुटवलमा आर्थिक वर्ष २०७६÷०७७ को ६ महिनामा ८ करोड १२ लाख १३ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत भट्टराईले बताउनु भयो ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares