प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यबस्थापनलाई प्रभावकारी बनाउनकालागि सिंगो समाज तयार हुनु पर्ने बताउनु भएको छ । बाईसौं राष्ट्रिय भूकम्प सुरक्षा दिसवको अवसरमा बिहिबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री पोखरेलले विगतको अनुभवबाट सरकारले जोखिम न्यूनिकरणको अभियानमा अंगाडी बढेको र राज्य संरचनाका अंगहरुमा मात्रै विपद व्यवस्थापनको काममा अघि बढेर नहुने बताउनु भएको हो ।
भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्प सहित प्राकृतिक विपदले हुनसक्ने क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उहाँले व्यक्त गर्नुभएको छ । नेपालमा २०७२ र त्यस अंगाडी १९९० मा गएको भूकम्पका कारण ठूलो जनधनको क्षेती व्यहोर्नु परेको औंल्याउँदै उहाँले भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार अग्रसर रहेको उल्लेख गर्नुभएको छ ।
भूकम्प प्रतिरोधी घर निर्माणलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, अन्य पूर्वाधार निर्माण पनि भूकम्प प्रतिरोधी बनाउन जोड दिनुपर्ने उहाँको भनाई छ । सरकारले विपद् जोखिम न्युनिकरणका लागि बनाएका नीति, ऐन र कार्ययोजनालाई कार्यान्वयन गर्न सबै जागरुक हुनु पर्ने र बनेका नीति, ऐन र कार्ययोजनालाई बाध्यात्मक रुपमा भन्दा पनि आफ्नै हितकालागि हुन भन्ने बुझ्नु पर्ने उल्लेख गर्नुभयो ।
‘भुकम्प प्रतिरोधी संरचना बनाउने अभियानमा सबैले सहयोग गरौं, भूकम्पको जोखिम न्युनिकरण अभियानमा सबै मिलेर अघि बढौं, यही अपील गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
