आगामी तीनदिनको मौषम पूर्वानुमान : देशका बिभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

1.3K

आगामी तीनदिनको मौषम पूर्वानुमान : देशका बिभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौषम बिज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले मौषम पूर्वानुमान बेलेटिन जारी गरी आगामी तीन दिन देशका बिभिन्न स्थानमा हल्का देखि मध्यम बर्षा र हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको आकलन गरेको छ ।
मौषम पूर्वानुनमान महाशाखाले बिहिबार बिहान मौषम पूर्वानुमान बुलेटिन जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहिबार बिहानैदेखि नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भईरहेको जनाएको छ । देशका केही भू–भागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्नकालागि पनि मौषम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेपनि तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरोको लागेको छ । यो साँझै सम्म रहेने पनि मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान


माघ २ गते (बिहिबार)
दिउँसो देशको मध्य तथा पश्चिमी भू–भाग लगायत पुर्वी पहाडी भू्–भागमा सामान्य बदली रही बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी÷हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशको मध्य तथा पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ ३ गते (शुक्रबार)
दिउँसो देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ ।
माघ ४ गते (शनिबार)
दिउँसो देशको पश्चिमी भू्–भागमा सामान्य बदली रहि बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।