उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नी सपकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
‘प्रतिनिधि सभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावी गरेको अवस्थामा सहजिकरणका लागि आफूले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनु भएको छ । लगत्तै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराउनु भएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गर्दै आउनु भएको थियो । सत्तारुढ नेकपाको सचिवालयले राजनिामा दिन आग्रह गर्दा समेत उहाँले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राख्नुभएको थियो ।