कृषि बिकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा नेपाल बित्तिय संस्था कर्मचारी संघ पाँच नं. प्रदेश समितिले रक्तदान गरेको छ । बैंकको ५३ औं बार्षिकोत्सवको अवसर पारेर प्रदेश समितिले मंगलबार भैरहवामा रक्तदान कार्यक्रम गरेको हो । ‘कर्मदान, जीवनदान’ भन्ने नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, पूर्वकर्मचारी, सेवाग्राही तथा सुभेच्छुक गरी ५४ जनाले रक्तदान गरेका थिए ।
कृषि बिकास बैंक बित्तियसंस्था कर्मचारी संघ प्रदेश समितिका अध्यक्ष नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बैंकको प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले बैंकको श्रीबृद्धिमा कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश कार्यालयका जयनेपाल श्रेष्ठ, संघका केन्दीय सदस्यहरु गणेश सिह श्रेष्ठ, रामचन्द्र विक, मधुसुदन पराजुली, अल्दुल मनिन, समकक्षी युनियनका प्रदेश संयोजक विनोद केसी लगायतले भनाई राख्नुभएको प्रदेश समितिका सचिव बिनोद ढकालले जानकारी गराउनु भयो ।
