पेरिस घटनामा संलग्न थप दुइ जना ब्रसेल्समा पक्राउ

515

पेरिस घटनामा संलग्न थप दुइ जना  ब्रसेल्समा  पक्राउ

ब्रसेल्स/बेल्जियम
मंसिर ११

पेरिस घटनामा संलग्न थप दुइ जनालाई बेल्जियम प्रहरीले पक्राउ गरेका छन | घरछापा मार्ने  क्रममा उनीहरु ब्रसेल्स क्षेत्रबाट पक्राउ परेका हुन् | संघीय अभियोजन कर्ताका अनुसार पक्राउ पर्ने मध्य एक घटनामा संग्लग्न र अर्का साक्षीको रुपमा रहेको बतायका छन |

बेल्जियम प्रहरीले केहि दिन अगाडी ५ जनालाई पक्राउ गरेको थियो |यहास्थित संघीय अभियोजनकर्ताका अनुसार ब्रसेल्स र लिज सहरमा गरियको ७ ओटा घर छापा मारेर २६ हजार यूरो सहित उनीहरुलाई पक्राउ गरियको र पक्राउ पर्नेहरुको संख्या २१ पुगेको जनायका थिय |

पेरिस घटनाका मुख्य आतंककारी सलाह अब्देसलाम र मोहमद अब्रिनी भने अझै फरार रहेका छन | उक्त आतंकारी हमलामा १३० जनाले ज्यान गुमायाका थिय भने ३ सय वेसी घाइते भयका थिय |

अर्कोतर्फ   पेरिस आक्रमणका बेला जर्मन हतियार प्रयोग गरियको खुल्न आयको छ | जर्मनका अनुसन्धानकर्ताहरुले उक्त कुरा अनुसन्धानको क्रममा खुलेको जनायका छन | जर्मनमाअदालतले एक ब्यक्ति हतियार तस्करको आरोपमा पक्राउ गरियको पुस्टि गरको छ तर उसले पेरिस घटनामा संग्लग्न नहरेको जनायको छ | ‘हतियार नोभेम्बरको पहिलो हप्ता इन्टरनेटबाट बिक्रि भयको थियो’जर्मन पत्रिकाहरुले लेखेका छन ‘उक्त हतियार अरबी मुलका व्यक्तिले किनेका थिय |’ जर्मन अधिकारीका अनुसार घर छापामार्दाको क्रममा १६ अत्याधुनिक हतियार सहित पक्राउ गरेका छन |