बालबालिकाको शैक्षिक सुधारकालागि बिपन्न बिद्यार्थीलाई ‘एन.बि.आर.को’ सहयोग

979

बालबालिकाको शैक्षिक सुधारकालागि बिपन्न बिद्यार्थीलाई ‘एन.बि.आर.को’ सहयोग

सामाजिक सञ्जाल फेसबुक ग्रप ‘नेपलिज ब्रदर्श रुम’ (एन.बि.आर.)ले बुटवलका बिपन्न परिवारका बिद्यार्थीलाई सहयोग प्रदान गरेको छ । नेपलिज ब्रदर्श रुमले बुटवल उपमहानगरपालिकाको पिछडीएको क्षेत्र न्यू दुर्गानगरमा रहेको मायाँदेवी जनजाग्रिती आधारभूत बिद्यालयमा अध्ययन गर्ने ८० जना बिद्यार्थीलाई बिद्यालय जाँदा प्रयोग गर्ने झोला, कापि तथा कलम प्रदान गरेको हो ।
बालबालिकालाई एनबिआर रुपन्देहीका संयोजक राजु टण्डन, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ, प्रधानाध्यापक माधव लोहोनी, एनबिआरका संस्थापक मुकुन्द पौडेल लगायतले प्रदान गरिएको झोला तथा कापि कलम वितरण गर्नुभएको थियो ।

२०७२ साल भदौमा स्थापित सामाजिक सञ्जाल फेसबुक ग्रुप एनबिआरमा हाल ४६ हजार सदस्य रहेका छन् भने एनबिआरले सामाजिक न्याय, प्राकृतिक प्रकोप, खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको एनबिआरका संस्थापक मुकुन्द पौडेलले जानकारी गराउनु भयो ।
बिद्यालय सामाग्रि वितरण कार्यक्रममा बोल्दै मायाँदेवी जनजाग्रिती आधारभूत बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ्ले बुटवल उपमहानगरपालिका भित्रको बिद्यालय भएपनि सरकारी निकायबाट प्रयाप्त सहयोग नभएको बताउँदै सामाजिक संघसंस्थाको सहयोगका कारण पछिल्लो समयमा बिद्यालयमा पठनपाठन सुधार हुँदै गएको जानकारी गराउनु भयो । हाल उक्त बिद्यालयमा ८० जना बालबालिका अध्ययनरत रहेको र अधिकांश बालबालिका मजदुर वर्गका छोराछोरी रहेको बिद्यालयका प्रधानाध्यापक माधव लोहोनीले जानकारी गराउनु भयो । उहाँले एनबिआरले गरेको सहयोगले बिद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताउँदै सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा एनबिआरले स्थापनाकालदेखि नै सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि अभियानलाई निरन्तर रुपमा अंगाडी बढाउनु जानकारी गराउँदै एनबिआर रुपन्देहीका संयोजक राजु टण्डनले उक्त बिदालयमा मात्रै करिव २७ हजार रुपैंया बराबरको सामाग्रि वितरण गरिएको जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । एनबिआरका सदस्य तथा सहयोग वितरण कार्यक्रमका संयोजक फ्याज खानले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको एनबिआरले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर बिपन्न बालबालिकाले अध्ययन गर्ने बिद्यालय रोजेर उक्त बिद्यालयमा सहयोग प्रदान गर्ने कार्यक्रम राखिएको जानकारी गराउनु भयो । कार्यक्रमको सञ्चालन एनबिआरका सदस्य आलोक पुरीले गर्नुभएको थियो ।