लियो क्लवद्वारा बिद्यार्थीलाई कपडा वितरण

1.3K

लियो क्लवद्वारा बिद्यार्थीलाई कपडा वितरण

लियो क्लव अफ बुटवल सिद्धबाबा, लियो क्लव अफ मिडटाउन कोटीहवाले टाईगर प्यालेस रिसोर्टको सहयोगमा बुटवल ११ न्यू दुर्गानगरमा रहेको मायादेवी जनजाग्रिती आधारभूत बिद्यालयमा कपडा वितरण गरेको छ ।
लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष बरुण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लवका एरिया कोर्डिनेटर मदन थापाले क्लवले सामाजिक काम गरेको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ्, टाईगर प्यालेसका प्रशासन प्रमुख राम तिवारी, बिद्यालयका प्रधानाध्यापक माधव लोहोनी, क्लवका सचिव प्रविण पौडेल, कृष्ण खनाल लगातले भनाई राख्नुभएको थियो ।