बुटवल जेसीजको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल सम्मानित

1.1K

बुटवल जेसीजको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल सम्मानित

खेमानन्द पाठक/

बुटवल जेसीजले प्रदान गर्ने स्व. गणेशमान सैंजु उत्कृष्ट पत्रकारिता पुरस्कार–२०१९ बाट ‘लुम्बिनी अनलाईन डट कम’का कार्यकारी सम्पादक कबिन्द्र नेपाललाई सम्मान गरिएको छ । बुटवल जेसीज र बुटवल महिला जेसीजको शनिबार साँझ बुटवलमा सम्पन्न संयक्त पदस्थापन समारोहमा पत्रकार नेपाललाई सम्मान गरिएको हो । बुटवल जेसीजका मानार्थ सदस्य बुटवल निवासी समाजसेवी गणेशमान सैजुको निधनपछि उहाँको स्मृतीमा उहाँका छोरा अनुपमान सैंजुले बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति समेत रहनुभएका नेपालले यस अंगाडी तिलोत्तमा दैनिक, राष्ट्रिय समाचार समितिको बुटवल सम्वाददाता, आर्थिक अभियान दैनिकको बुटवल संवाददाता, नयाँ भावना दैनिक तथा बुटवल एफ एम र रेडियो नमस्तेमा समेत काम गरिसक्नु भएको छ । उक्त पुरस्कारबाट अंघिल्लो वर्ष स्वर्गीय पत्रकार डायलसन अधिकारी तथा भवानीप्रसाद पाण्डेलाई सम्मान गरिसकिएको थियो ।
त्यस्तैगरी बुटवल जेसीजले प्रदान गर्दै आएको उत्कृष्ट युवा सम्मान रुपन्देहीको देवदह नगरपालिका वडा नं. ४ भवानीपुरकी सरु अधिकारीलाई प्रदान गरिएको छ । अधिकारी मानव सेवामा समर्पित भई मानव सेवा आश्रम बुटवलको प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ । त्यसै अवसरमा बुटवल महिला जेसीजले उत्कृष्ट महिलाको रुपमा बुटवलकी ओमी पुनलाई सम्मान गरेको छ । उहाँहरुलाई नेपाल जेसीजका अध्यक्ष अशोक शंकर, बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपाने, बुटवल महिला जेसीजकी अध्यक्ष लक्ष्मी थापा, स्व.र्गीय गणेशमान सैंजु स्मृती उत्कृष्ट पत्रकारिता पुरस्कारका संरक्षक अनुपमान सैंजु लगायतले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
पदस्थापन समारोहमा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले नवनिर्वाचित अध्यक्ष राजिव गौतम र बुटवल महिला जेसीजकी अध्यक्ष लक्ष्मी थापाले नवनिर्वाचित अध्यक्ष कल्पना कुसुम पाण्डेलाई पदहस्तान्तरण सहित पदस्थापन गराउनु भएको थियो । पदहस्तान्तरण गर्दै बुटवल जेसीजका निवर्तमान अध्यक्ष न्यौपाने तथा बुटवल महिला जेसीजकी अध्यक्ष थापाले वर्षभरी आफूले गरेका कामको फेयरिस्त गर्दै आगामी दिनमा पनि अग्रजले सुरुवात गरेका कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । त्यस्तैगरी नवनिर्वाचित बुटवल जेसीजका अध्यक्ष गौतम र बुटवल महिला जेसीजकी अध्यक्ष पाण्डेले अग्रजले सुरु गरेका कामलाई निरन्तरता दिँदा थप रचनात्मक कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका अध्यक्ष अशोक शंकरले युवाहरुको भविश्य सुचिश्चिता हुनेगरी कार्यक्रम बनाउन सुझाव दिनुभएको छ । उहाँले सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नकालागि नेपाल जेसीजले टिम बनाईसकेकाले शाखाहरुलाई पनि टिम बनाएर काम गर्न निर्देशन दिनुभयो । उहाँले बोरामा एउटा आलु बिग्रिदा सबैलाई बिगारेजस्तै एउटा सदस्यको खराव नियले सिंगो जेसीजलाई नै बदनाम गराउने भएकाले सदस्यहरुलाई कन्ट्रोलमा राख्न समेत आग्रह गर्नुभयो । बुटवल जेसीजले नेपाल जेसीजलाई नै लिड गर्ने क्षेमता राख्ने बताउँदै क्षमता प्रदर्शनकालागि समेत नवनिर्वाचित नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैंजु, श्रीधर बस्याल, बुटवल महिला जेसीजकी संस्थापक रेखा कट्टेल, बुटवल जेसीजका पूर्व अध्यक्ष यमप्रसाद तिवारी, गोपाल अधिकारी, बुटवल वडा नं. ४ का अध्यक्ष टंक पराजुली, ओमी पुन, रमेश अर्याल, अर्जुन ज्ञवाली, अमर खत्री, आविश्कार खनाल लगायतले भनाई राख्नुभएको थियो ।
त्यस्सै अवसरमा बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले आफ्नो टिमलाई पूर्णता दिनुभएको छ । उहाँले महासचिवमा हरिबिक्रम कुवँर, कानुनी सल्लाहकारमा चन्द्रमणी भुसाल र कोषाध्यक्षमा भेषराज घिमिरेलाई मनोनित गर्नुभएको छ । त्यस्तै चेयर एक्जुकेटिभ टु प्रसिडेन्टमा गोपाल चापागाई तथा सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु यमप्रसाद तिवारी, गणेशचन्द्र पोखरेल, कृष्णदेव भण्डारी, गोपालप्रसाद पाण्डेलाई चयन गर्नुभएको छ ।
त्यस्तै बुटवल महिला जेसीजमा नवनिर्वाचित अध्यक्ष कल्पना कुसुमले पनि आफ्नो टिमलाई पूर्णता दिनुभएको छ । जस अनुसार महासचिवमा अनुपमा श्रेष्ठ, कानुनी सल्लाहकारमा सपना कार्की, कोषाध्यक्षमा पुष्पा पौडेललाई मनोनित गर्नुभएको छ । त्यस्तैगरी सल्लाहकारहरुमा कल्पना जोशी, ओमी पुन, राजुदेवी खनाल, मञ्जु पराजुली, ज्ञानधरा पन्थ र राधिका पोखरेललाई चयन गर्नुभएको छ ।