भारतीय ट्रकमा आगजनी

555

भारतीय  ट्रकमा आगजनी

t

बुटवल । रुपन्देहीको बुटवलमा भारतीय नम्वर प्लेटको मिनि ट्रकमा आग्जनी भएको छ । बुटवलको राजमार्ग चौराहामा शुक्रवार विहान करिब ११ बजेको समयमा केरा बाेकेकाे यूपि ५६ ३०१६०१ नम्बरकाे मिनी ट्रकमा आगजनी भएको हो । आगजनी गरेको जिम्मा बिप्लव नेतृत्वको नेकपा माओबादीले लिएको छ । कांचो केरा बोकेको भारतीय नम्बरको गाडीमा यू पी ५६ टी १६०१ नम्बरको मिनी ट्रकमा  बिहान आगजनी भएको थियो ।भारतीय नाकाबन्दीको बिरोधमा आन्दोलनमा रहेको माओबादीले पार्टीको केन्द्रीय निर्णय र नीति अनुसार गाडी जलाइएको जनाएको छ ।माओबादीका रुपन्देही सेक्रेटरी शरद ओलीले  गाडि आगजनी गरेको जिम्मा लिए ।उनले भने— ‘अब देशभरी भारतीय गाडि,भारतीय च्यानल,र कालोबजारी गर्नेलाइ कारबाहि गर्ने हो ’ उनले भने ।उनले केहि समय अघि पाल्पा— रुपन्देही सिमा दोभानमा आफ्नो पार्टिका रुपन्देही जिल्ला सदस्य राजु बराहलाइ प्रहरीले नियन्त्रणमा लिएको समेत बताए ।  उनले पार्टिको नीति र निर्देशनमा शनिबार देशैभरी मसाल जुलुस र आइतबार भारतीय नाकाबन्दीको बिरुद्धमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म नेपाल बन्द गर्ने समेत बताए ।