बुटवलमा नवौं संस्करणको सूचना प्रविधि मेला : विश्व बजारमा आएका नयाँ प्रविधि प्रदर्शन गरिने

1.3K

बुटवलमा नवौं संस्करणको सूचना प्रविधि मेला : विश्व बजारमा आएका नयाँ प्रविधि प्रदर्शन गरिने

क्यान महासंघ रुपन्देहीको आयोजनामा भोली शुक्रबारदेखि बुटवलमा सूचना प्रबिधि सम्बन्धि मेला (क्यान ईन्फोटेक हुने भएको छ । नवौं संस्करणमा गर्न लागिएको क्यान ईन्फोटेकमा विश्व बजारमा आएका नयाँ सूचना प्रविधी राखिने छ । मेलाको तयारीका बारेमा जानकारी गराउनकालागि बिहिबार मेला स्थल (बुटवल बहुमुखी क्याम्पसको प्राङ्गढ)मा आयोजना गरिएको पत्रकार सम्मेलनमा ईन्फोटेकको तयारी पुरा भएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक रामुदेव गौतमले जानकारी गराउनु भयो ।
ईन्फोटेकको भोली शुक्रबार मध्यान्न साढे १२ बजे प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुवँर तथा पदाधिकारीहरुको समेत सहभागिता रहने छ ।
यहि माघ २१ गतेसम्म सञ्चालन गरिने ईन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने उहाँले बताउनु भयो । मेला आयोजक क्यान महासंघले ईन्फोटेकले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने विश्वास गरेको छ भने नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउने भएकाले ब्यवसायीहरुलाई व्यबसायिक बिस्तार गर्ने अवसर समेत प्राप्त हुने अपेक्षा लिएको क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले बताउनु भयो ।
त्यस्तै अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् । त्यसैगरी ईन्फोटेकले सरकारले हालै ल्याएको ‘डिजिटल नेपाल फेमवर्क’ र नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग गर्ने विश्वास गरिएको छ ।
मेलामा ११० स्टलमा ९० बढी कम्पनीको सहभागिता रहने अध्यक्ष गौमले बताउनु भयो । ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, बैंक, आई.सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, आईटी ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स् तथा बिद्यार्थीहरुले बताएका प्रविधियुक्त हाडवेयर÷सफ्टवेयरसंग सम्बन्धित सामाग्रिहरुका स्टलमा राखिने छ ।
ईन्फोटेकमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकले बनाएको रोबोर्ट÷ड्रोनको प्रदर्शनी लगायत आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
५ दिनसम्म सञ्चालन गरिने ईन्फोटेकमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र अंघिल्लो वर्षजस्तै करिव ढाई करोडको कारोवार हुने अपेक्षा गरिएको छ । मेलाको आकर्षणमा बिद्यार्थीले बनाएको हेलमेट बिना मोटर साईकल चलाउन नमिल्ने प्रविधि समेत राखिने छ । मेला अवलोकनकालागि टिकटमा ५० रुपैंया शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीलाई परिचय पत्रका आधारमा २० रुपैंयामा प्रवेश गराईने छ । त्यस्तै संस्थागत रुपमा बिद्यालयको पत्र सहित समुहमा आउने बिद्यार्थीलाई निशुल्क प्रवेश गराईने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी टिकट अनलाईन खरिद गर्ने ग्राहकालागि प्रभु पेले ३० रुपैंयाँ खातामा राखिदिने पनि अध्यक्ष गौतमले जानकारी गराउनु भयो । त्यसकालागि प्रभु पेको एप्स डाउनलोड गरेर केआईसी अफडेट गरेकालाई अनलाईन बुकिङ्मा सुबिधा दिईएको प्रचार प्रसार उपसमितिका संयोजक सुरेशचन्द्र भट्टराईले जानकारी गराउनु भयो ।
ईन्फोटेकमा ओपन क्यान टेक च्यालेन्ज कम्पिटिसन, अन्तर बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता, बेबी डान्स प्रतियोगिता, डिजिटल मनोरन्जनात्मक खेल, ओभरनाईट ह्याकाथुन प्रतियोगिता लगायतका प्रतिस्पर्धा गराईने छ । त्यसमध्ये ह्याकाथुन प्रतियोगिता बिशेष आकर्षकको र प्रविधिसंग सम्बन्धित रहेको बताईएको छ । जसमा आईटीका बिद्यार्थी सहभागि हुनेछन् । हार्ड कोरिङ् मार्फत सफ्टवेयर एप्लिकेशन बनाउने यो २४ घण्टे प्रतियोगिता भएकाले २ देखि ४ जनाको समुह प्रतिस्र्धामा भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।