बुटवल–देविनगरको तिनाउमा पक्की पुलको शिलान्यास

731

बुटवल–देविनगरको तिनाउमा  पक्की पुलको शिलान्यास

tinau-pool-butwal

बुटवलको तिनाउखोलामा पूर्वपश्चिम राजमार्ग जोड्ने पक्की पुल निर्माण आरम्भ भएको छ । तिनाउपुल जीर्ण र पूरानो हुँदै जादा बैकल्पिक मार्गको खोजी भइरहेको बेला बुटवल–देविनगर–बुद्धनगर हुँदै पश्चिम जाने पक्की पुल निर्माण हुन थालेको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार मोटरेबल पुलको विधिवत रुपमा शिलान्यास गरेपछि पूर्वपश्चिम राजमार्ग जोड्ने बैकल्पिक पुलको निर्माण आरम्भ भएको हो ।१ सय १२ मिटर लामो पक्की पुल बन्ने भएपछि खुशियाली छाएको छ ।साविकको मोतीपुर गाविस जोड्न र नेपालगञ्ज रोडमा रहेको तिनाउपुलको भार कम गर्न समेत यो पुलले मदत पुर्याउने भएको छ ।तिनाउ पुलको आयु समेत सकिएकाले भत्कने खतरा रहेको प्राविधिकहरुको भनाई छ । शिलान्यास गर्दै रुपन्देही क्षेत्र न. ४ का सांसद समेत रहेका अर्थमन्त्री पौडेलले बुटवल देशकै उत्कृष्ट र औद्योगिक नगरी भएकाले विकास निर्माणको सूचकको रुपमा पुलको शिलान्यासलाई बुझ्न आग्रह गरे ।उनले संविधान निर्माणसँगै विकासको ढोका खुलेको बताउँदै अहिले भारतले नेपालको उन्नती हुन थालेको भन्दै नाकाबन्दी गरेर नेपालको स्वाधिनतामाथि नै हस्तक्षेप गरेको बताए ।नेपाली कांग्रेसका सभासद बालकृष्ण खांणले बिकास निर्माणमा सबैदलले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । खांणले बुटवलको बिकासमा नेपाली कांग्रेसको महत्वपूर्ण भुमिका रहदै आएको उल्लेख गरे । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले पुलेको जानकारी दिदै देविनगर हात्तिसुढ बुद्धनगर जोड्ने पुल २ बर्ष ५ महिनामा सम्पन्न गर्ने योजना अनुसार ठेक्का सम्झौता गरिएको बताए ।पूर्वपश्चिम राजमार्गको बिकल्प र बुटवल पश्चिमका नागरिकलाई मध्यनजर गरि पुल निर्माण थालिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए ।पुल १० करोड ४६ लाख ५६ हजार लागतमा निर्माण हुने पुल साँढे दुई बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १ सय १२ मिटर लम्बाई रहेको पुल साँढे ७ मिटर चौडाई रहने छ ।गाडी गुड्ने पुल बन्ने भएपछि बुटवल, मोतीपुर, सेमलार, फर्साटिकर लगायतका क्षेत्रका बासिन्दालाई सजिलो हुने छ ।मुख्य पार्टीहरुको सक्रियताका कारण नदी र खोलाले छुट्ट्याएका बस्ती जोड्ने पक्की पुलले तिव्रता पाएको हो । राष्ट्रिय योजनामा रहेका करिव २६ वटा मोटरेबल पुल रुपन्देहीमा निर्माणधिन अवस्थामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।