क्यान ईन्फोटेकमा आयोजित वक्तृत्वकलामा न्यू होराईजनकी समिक्षा प्रथम

क्यान ईन्फोटेकमा आयोजित वक्तृत्वकलामा न्यू होराईजनकी समिक्षा प्रथम

बुटवलमा जारी सूचना प्रविधी मेला (क्यान ईन्फोटक)मा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा न्यू होराईजन बिबिएसकी समिक्षा न्यौपाने प्रथम भएकी छन् । बिद्यालय स्तरीय प्रतियोगितामा सहभागि ९ बिद्यालयका सहभागिलाई उछिन्दै उनी प्रथम भएकी हुन् ।
‘सूचना प्रविधिको अन्तर्राष्ट्रिय सञ्जाल, भ्रमण वर्ष २०२० नेपाल’ बिषयमा आईतबार भएको प्रतियोगितामा न्यू होराईजन माबिकी समृद्धि ज्ञवाली द्वितीय र सिद्धार्थ माबि शंकरनगरका बासुदेव सुवेदी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैंया नगद पुरस्कार मेला समापनको अवसरमा प्रदान गरिने क्यान रुपन्देहीका कोषाध्यक्ष सुवाश घिमिरेले जानकारी गराउनु भयो ।
प्रतियोगितामा शान्ति नमुना माध्यमिक बिद्यालयकी सृष्टि खराल र दीप बोर्डिङ् बुटवलका क्षितिज श्रेष्ठ सान्त्वना भएको कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका कार्यसमिति सदस्य सुदिप ढकालले जानकारी गराउनु भएको छ ।
विश्व बजारमा आएका नयाँ प्रबिधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको क्यान ईन्फोटेकमा प्रबिधिसंग सम्बन्धित बिषयमा आजदेखि ओभरनाईट ह्याकाथुन प्रतियोगिता सुरु गरिएको छ । आज मध्यान्न १२ बजेदेखि सुरु भएको ह्याकाथुन भोली सोमबार मध्यान्न १२ बजे सकिनेछ । उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा १६ टिम आईटीका बिद्यार्थीहरु सहभागि छन् ।
हार्ड कोरिङ् मार्फत सफ्टवेयर एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक रामुदेव गौतमले जानकारी गराउनु भयो ।
त्यस्तैगरी शनिबारदेखि सुरु भएको ई–गेम पनि भोली सोमबार सकिने छ भने भोली टिकटक प्रतियोगिता आयोजना गरिएको क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले बताउनु भयो । यहि माघ १७ देखि सुरु भएको सूचना प्रविधि मेला (क्यान ईन्फोटेक) २१ गते सकिने छ ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares