‘तिलोत्तमा लोकतारा’को उपाधि बागलुङ्की लालमायालाई

855

‘तिलोत्तमा लोकतारा’को उपाधि बागलुङ्की लालमायालाई

तिलोत्तमाको मणिग्राममा सञ्चालित औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘तिलोत्तमा लोक तारा’को उपाधि बाग्लुङ्की लालमाया थापा पुनले हात पारेकी छन् । बाग्लुङ् स्थायी घर भै हाल बुटवल उपमहानगरपालिकामा बस्दै आएकी लालमायाले आईतबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिस्प्रधिलाई पछाडी पार्दै ‘तिलोत्तमा लोक तारा’को उपाधि हात पारेकी हुन् ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ १० गतेदेखि मणिग्राममा सञ्चालन गरिएको तिलोत्तमा लोक ताराको उपाधिकालागि अडिसन राउण्डमा २१ जनाले प्रतिस्पर्धा गरेका थिए । २१ जनाबाट छनौट भई टप टेनमा परेका प्रतिस्प्रधिहरुले मेलामा तिलोत्तमा लोक ताराका लागि प्रतिष्प्रधा गरेका थिए । २०६४ साल देखि गीत संगितमा प्रवेश गरेकी ३३ वर्षीय लालमायाले सानैदेखि गीत गाउने, गीत सिर्जना र भ्रमणमा रुचि राख्ने गरेको बताउछिन् ।
बुबा खडकबहादुर र आमा धनमाया पुनकी छोरी लालमायाको परिवारमा श्रीमान, एक छोरा र दुई छोरी छन् । एक्सपर्ट एजुकेशन भिसा सर्भिसेज प्रालिले प्रायोजन गरेको तिलोत्तमा लोक ताराको उपाधी संगै लालमायाले ४१ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेकी छन् । आईतबार भएको ग्राण्ड फिनालेमा गोर्खा बारपाक सुलीकोट गाउँपालिका –७ का निश्चल गुरुङ द्वितीय भएका छन् । बुवा बिरे गुरुङ र आमा सुकमाया गुरुङका छोरा २१ वर्षीय निश्चल २०६९ सालदेखि गीत संगितमा प्रवेश गरेका हन् भने नयाँ ठाउंको भ्रमण गर्न र गीत संगितप्रति रुची राख्छन् । उनी गुल्मी लोक तारा २ को फष्ट रनर अप भएका थिए । प्लस टु अध्ययन गरेका उनले २५ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।
तिलोत्तमा लोक तारा को प्रतिस्पर्धामा उत्रिएकी स्याङ्जा कालीगण्डकी –१ कारीकोटकी पुष्पा राना तृतीय भएकी छन् । गाउने, नाच्ने, गीत सुन्ने र पुजा पाठमा रुची राख्ने २६ बर्षिय पुष्पाले एसएलसी सम्मको अध्ययन गरेकी छन् । पुष्पाले १५ हजार नगद संगै शिल्ड र प्रमाण पत्र प्राप्त गरकी छन् ।
उनीहरुलाई तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष एबं मेला कार्य सम्पादन मुल समितिका संयोजक गुणनिधि भण्डारी (माधव), वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पंगेनी, सचिव विष्णु भण्डारी, एक्सपर्ट एजुकेशनका रोशन कँडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
राज केसी र सुमन श्रेष्ठले संचालन गरेको तिलोत्तमा लोक ताराको निर्णायकमा डिल्लीनारायण पाण्डे र ओम ज्ञवाली रहनु भएको थियो । मेलामा आईतवार नै आयोजना गरिएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा न्यू लाईट कलेज प्रथम भएको छ । तिलोत्तमा नगर क्षेत्रका १३ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिष्प्रधा गरेको नृत्य प्रतियोगितामा न्यू लाईट प्रथम भएको हो ।
प्रतियोगितामा एपेक्स स्कूल द्वितीय, कुवँरवर्ती वोर्डिङ् स्कूल तृतिय र लिटिल स्टार वोर्डिङ् स्कूल सान्त्वना भएका छन् । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुने विद्यालयलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।