तिलोत्तमाको औद्योगिक व्यापार मेला : फूटवलको फाईनलमा राममणी र नेपथ्य कलेज भिड्दै

तिलोत्तमाको औद्योगिक व्यापार मेला : फूटवलको फाईनलमा राममणी र नेपथ्य कलेज भिड्दै

रुपन्देहीको मणिग्राममा आयोजना गरिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा उपाधिकालागि राममणी र नेपथ्य कलेज भिड्ने भएका छन् । फाईन प्रतिस्पर्धा आगामी बुधबार हुँदैछ ।
सेमिफाईनलको प्रतिस्पर्धामा पामिर एकेडेमीलाई पराजित गर्दै राममणीले फाईनलको यात्रा तय गरेको हो भने दोस्रो सेमिफाईनलमा वेष्टर्न मेघा कलेज ढवाहालाई पराजित गर्दै नेपथ्य कलेज जानकीनगरले फाईनलको यात्रा तय गरेको हो ।
सोमबार भएको पहिलो सेमिफाईनलमा समान २ गोलको बराबरी भएपछि पेनाल्टी सुटको आधारमा राममणीले विजयी यात्रा अंगाडी बढाएको हो । पेनाल्टी सुटमा राममणीको तर्फबाट ३ गोल भएको थियो भने पामिरको तर्फबाट १ गोल भएको थियो ।
त्यस्तै दोस्रो सेमिफाईनलमा निर्धारित समयमा नेपथ्य र वेष्टर्नबाट समान तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा नेपथ्यले फाईनलका यात्रा तय गरेको थियो । पेनाल्टी सुटमा नेपथ्यले २ गोल गरेको थियो भने वेष्टर्नले कुनै गोल गर्न सकेको थिएन । तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजनामा भएको औद्योगिक व्यापार मेलामा जानकीनगर क्लवको संयोजनमा बिद्यालय स्तरीय फूटवल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सोमबार नै आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा नगरपालिकाका जनप्रतिनीधि बिच मैत्रीपूर्ण एसाईड फूटवल प्रतियोगिता भएको छ । मैत्रीपूर्ण फूटवल प्रतियोगितामा आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघको तर्फबाट ३ गोल भएको थियो भने नगरपालिका जनप्रतिनीधिहरुको तर्फबाट शुन्य गोल भएको थियो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares