बुटवलमा आयोजना गरिएको क्यान ईन्फोटेकमा सञ्चालन गरिएको ओभरनाईट ह्याकाथुन प्रतियोगिको फाईनकालागि ५ समुह छनौट भएका छन् । हार्ड कोरिङ् मार्फत सफ्टवेयर÷एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगिता (ओभरनाईट ह्याकाथुन)को पहिलो चरणबाट आर.दि.सी. लेक, एफ सोसाईटी, एन्सीपिटिपि, पाईरोड डटकम र ह्वाईट स्याडो फाईनलमा प्रवेश गरेका हुन् । फाईनल प्रतिस्पर्धाकालागि छनौट भएका ५ टिम निर्णायकको मद्दतबाट बिजेता चयन गरिने छ र उनीहरुलाइ मेला समापनमा पुरस्कृत गरिने छ ।
उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको ह्याकाथुनमा १६ टिमले प्रतिस्पर्धा गरको क्यान महासंघ रुपन्देहीले जनाएको छ । क्यान रुपन्देहीको आयोजना सञ्चालित नेपथ्य ओभरनाईट ह्याकाथुन तिलोत्तमा नगरपालिका र नेपथ्य कलेजको सहयोग तथा सिएसआईटी एशोसियसन रुपन्देहीको सहकार्यमा गरिएको क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश भट्टराइले बताउनु भयो । प्रतियोगितामा १६ टिममा ५४ जना आईटीका बिद्यार्थी सहभागि थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक रामुदेव गौतमले जानकारी दिनु भयो ।