दुर्घटनामा ज्यान गुमाएका चालक सहचालकलाई बिमा वापतको रकम भुक्तानी

दुर्घटनामा ज्यान गुमाएका चालक सहचालकलाई बिमा वापतको रकम भुक्तानी

बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना चालक र सहचालकका लागि गरि दिएको दुर्घटना वीमा वापतको रकम परिवारलाई प्रदान गरेको छ । गत कात्तिक २७ गते नवलपरासीको दाउनेमा भएको ना ४ ख ४५०४ नम्बरको ट्रक दुर्घटना हुँदा चालक सुनवल १३ नवलपरासीका नरबहादुर गुरुङ र सोही स्थानका सहचालक बलबहादुर सार्कीको ज्यान गएको थियो ।
समितिले चालक र सहचालकका परिवारलाई राहत हुने गरि सामुहिक दुर्घटना विमा गरेको थिया । सोही वीमा वापत आएको जनही ३ लाख रुपैया उनीहरुका परिवारलाई बुधवार कार्यालय परिसरमा कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो ।
समितिका सदस्य रहेका चालक, सहचालकको दुर्घटनामा परि मृत्यु भएमा जनही ३ लाख रुपैया परिवारलाई वीमावाट उपलब्ध गराउने गरि व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्कीले बताउनु भयो ।
चालककी श्रीमती लक्ष्मी र सहचालककी श्रीमती पुनमलाई सामुहिक कार्यक्रममा जनही ३ लाख रुपैंया बराबरको चेक अध्यक्ष पाण्डेले हस्तान्तरण गर्नुभएको हो । समितिले गाडी धनीको हकमा भने १० लाख रुपैंया बराबरको बिमा गरिदिएको छ ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares